साझा सवाल गर्दाका दर्जन घटना

narayan
नारायण श्रेष्ठ
कार्यक्रम प्रस्तोता, साझा सवाल, बिबिसी वल्र्ड ट्रस्ट

१ यो तेरो कार्यकर्ता हो ?

गिरिजाप्रसाद कोइरालाको निधनपछि शोकमा डुबेको देश बिस्तारै तंगि्रन थालेको छ । कोइरालाका बारेमा मेरो डायरीमा करिब साढे दुई वर्ष पहिले २३ कात्तिक ०६४, शुक्रबार लक्ष्मीपूजाको मितिमा यस्तो लेखिएको थियो- मलाई थोत्रो कुर्सीमा बस्ने रहर छैन । यो कुर्सी फेर्न पाए शान्ति हुने थियो । कोइरालाले पदलोलुपता नभएको देखाउन त खोजे, तर उनको राजनीतिक विगतले त्यस्तो देखाउँदैन ।

नेता कोइरालाको निधनसँगै मैले सम्झेँ- सर्वसाधारणले भरिएको विराटनगरस्थित कोइरालानिवास । साझा सवालको पहिलो अंकका लागि अन्तर्वार्ता दिँदै गर्दा पाँचौँपटक प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला सत्तामोह त्याग्ने तयारीमा रहेको संकेत गर्दै थिए । मधेसको चर्चा भर्खर सुरु भएको थियो । तर, ती बयोवृद्ध नेताले ‘मधेस’ आफूले नचिनेको बताए । मधेसको मुद्दा छिमेकी देशबाट प्रोत्साहित थियो भन्ने कोइरालाको बुझाइ थियो । अन्तर्वार्तामै उनले भनेका थिए, ‘भारतको सहयोग भए तराईको अवस्था एक मिनेटमा ठीक पार्न सक्छु ।’ कोइरालाको त्यो भनाइ अन्तर्वार्ता रेकर्ड भएको केहीबेरमै प्रमुख समाचार बनेर रेडियो र टिभीमा बज्न थाल्यो ।

प्रधानमन्त्रीलाई जनताले सीधै प्रश्न सोध्ने कार्यक्रम त्यो पहिलो थियो । मेरा लागि पनि त्यो एउटा अवसर थियो । कोइराला एकपटकमा एउटा प्रश्नको मात्र जवाफ दिन सक्थे । उमेरका कारण पनि हुन सक्छ, धेरै प्रश्न आए भने उनी अलमलिन्थे । महिला र केटाकेटीका प्रश्नमा उनी विशेष रमाउँथे । फूलसरी चौधरीले गाउँमा अपहरणलगायतका घटना हुने गरेकाले त्यो रोक्न के गर्नुहुन्छ भनेर सोधिन् । कोइरालाले छोरी सुजातातिर हेरेर, ‘तेरो कार्यकर्ता हो ?’ भन्ने संकेत गरे । कोइराला पछाडि बसेकी सुजाता मुस्कुराइन् मात्र ।
(more…)

अधिकासं बालकहरु यौन कार्यमा सक्रिय

zac-efron-vanessa-hudgens-hawaii
स्विट्जरलैंडमा यौन सम्बन्धका लागि १६ बर्षको हुनु जरुरी भएता पनि त्यँहाको बजारमा १२ बर्षे केटाहरुका लागि एक्सट्रा स्माल कंडोम बिक्रीका लागि ल्याईएको छ। यस निरोधलाई बजारमा हॉट-शॉट नाम दिएर बिक्री गरीएको छ। स्विट्जरलैंडमा गरेको एक सर्वेक्षण पछी यस्ता निरोधहरु बजारमा ल्याईएको थियो।
हाले गरिएको उक्त सर्वेक्षणमा त्यँहाका १२ देखी १४ बर्ष सम्मका केटाहरुले असुरक्षि यौन सम्बन्ध राख्ने गरेको तथ्य फेला पारेका थिए। त्यसैले यस्ता यौन सम्बन्धहरुबाट हुने खतराबाट बालकहरुलाई बचाउनका लागि यस्तो कंडोमको उत्पादन गरिएको हो।
यस्ता कंडोंमहरु बाजारमा पाउने कंडोम भन्दा निकै सानो रहेको छ। साधारणतया कंडोम को डायमीटर ५.२ सेंटीमीटर हुनेमा यो कंडोम ४.६ सेंटीमीटर डायमीटरको मात्र रहेको छ।
स्विट्जरलैंडको ‘फेडरल कमीशन फार चिल्ड्रन एंड यूथ’ ले यस प्रकारको सर्वक्षण गराएको थियो। १० देखी १४ बर्ष सम्मका बालकहरुबिच गरिएको यस्तो सर्वेक्षणले त्यहाँका अधिकासं बालकहरु यौन कार्यमा सक्रिय रहेको पत्ता लागेको थियो।
(more…)

म्हपूजा अर्थात् आत्मपूजा

e0a4aee0a4a8e0a4b0e0a4bee0a49ce0a4be
मनराजा राजोपाध्याय

काठमाण्पडौं
रम्परादेखि चली आएको महान् चाड ‘तिहार’ जम्मा पाँच दिन मनाउने चलन हालसम्म चली आएको छ। यी पाँच दिनलाई यमपञ्चक भनिन्छ। यमपञ्चकको पहिलो दिन कागलाई पूजा गरिन्छ। दोस्रो दिन कुकुरलाई पूजा गरिन्छ।

तेस्रो दिन गाईपूजा बिहान गरी रात्रिकालमा लक्ष्मीपूजा गरिन्छ। तेस्रो दिन कार्त्तिक कृष्णपक्ष अमावास्था अर्थात् औंसीको रात्रिपूजा गर्ने चलन छ। पञ्चांग समितिले पात्रो तयार पार्दा चतुदशीका दिन राति औंसी परेको छ भने सो दिन लक्ष्मीपूजा गर्नू भनी उल्लेख गरिआएको छ। तर अर्को समूहले यो कुरा नमानी प्रतिपदा अर्थात् औंसीको भोलिपल्ट पनि राति लक्ष्मीपूजा गर्दै आएको छ।

अब चौथो दिन कार्त्तिक शुक्लपक्ष प्रतिपदाका दिन म्हपूजा नेवार समुदायमा गरिने चलन हो। यो चलन लिच्छविकालीन समयभन्दा अगाडिदेखि चल्दै आएको अनुमान छ । तर हाल नेपाल संवत् फेरिने वर्षो पहिलो दिन पारी म्हपूजा गर्ने चलन चल्दै आएको छ। म्हपूजालाई विशेष पूजा भनिन्छ।

नेपाल भाषाअन्तर्गत ‘म्ह’ शब्दले सम्पूर्ण शरीरलाई बुझाउँछ। साथै ‘म’ शब्दले आत्म भन्ने प्रस्ट छ। हाम्रो शरीरमा आत्मा छ र प्राणलाई प्रभावित गर्ने शक्ति यसमा छ। यही कारणले म्हपूजामा आत्मपूजा गर्ने कार्य गरी आएको छ। आत्मपूजाको पर्याय म्हपूजा हो।

म्हपूजा गर्दा घरका सबै परिवारको क्रमशः जेठोदेखि कान्छोसम्मको मण्डला तेल रेखी बनाई अबिर, चामलको पीठो, पानी, मास, जौ, कालो भटमास, धान, थरीथरीका फूल आदिले सजाएर तयार पारिन्छ। सबै क्रमशः मण्डलाको सामु बसेर पूजा गरिन्छ ।
(more…)

प्रेमपत्रले गर्‍यो कमाल !

love_le1

एक बि्रटिस पुरुष र उसकी स्पेनिस पूर्वप्रेमिका अन्ततः छुट्टिएको १६ वर्षपछि विवाहबन्धनमा बाँधिएका छन् । यसो हुनुमा एक प्रेमपत्रले निकै ठूलो भूमिका निर्वाह गरेको छ । सो प्रेमपत्र एक दशकअघि एक धुनीनिर खसेर कतै हराएको थियो । र, सो प्रेमपत्र फेलापरेपछि यस अभागी प्रेमीजोडीलाई एकाकार तुल्याइदियो ।

स्टिभ स्मिथ र कार्मन रुई-पेरेज दुवै अहिले ४२ वर्षका छन् । १७ वर्षअघि उनीहरूको पिरती सुरु भएको थियो । कार्मन त्यतिवेला दक्षिण-पश्चिमी इंग्ल्यान्डको बि्रक्साममा विदेशी विद्यार्थीका रूपमा अध्ययनरत थिइन् र एक वर्षपछि उनीहरूबीच प्रेमसम्बन्ध सुरु भएको थियो । तर, उनी आफ्नो पसल चलाउन पेरिस झरेपछि उनीहरूको सम्बन्ध टुट्यो । केही वर्षपछि, आफ्नो सम्बन्ध फेरि जोड्न स्टिभले स्पेनमै रहेकी कार्मनकी आमाको नाममा चिठी पठाए । यसलाई राख्नेक्रममा यो चिप्लिएर चुलोको पछाडितिर खस्यो र एक दशकसम्म हराउन पुग्यो । यो चिठी जब घर बनाउने ठेकेदारहरूले घर मर्मत गर्न भत्काउने सिलसिलामा फेलापारे ।

‘मैले चिठी फेलापारेपछि स्टिभलाई एकपल्ट फोन गर्न मन लाग्यो,’ रुई-पेरेजले भनिन्, ‘फेरि भेट भएपछि त फिल्मी घटनाजस्तै लाग्यो । भेटेपछि फेरि सुरु भइहाल्यो हाम्रो मायाप्रेम ! ‘

‘मलाई असाध्यै खुसी लागेको छ । हराएको पे्रमपत्रले कमालै गर्‍यो,’ स्टिभले बिहेको दिन, गत शुक्रबार भने ।

श्रोत: नया पत्रिका

यसै गरि बिताऊन मन लाग्छ

nasha
तिम्रो स्मृतिले हो कि कुनि मुटुको ब्यथा बढे जस्तो छ
बिरहले हो कि कुनि आज मेरो आँखाबाट आँसु झरेछ

लेखुं त लेखुं मनका कुराहरु,के लेखौं शब्द नै रहेन्छ
भेटु त कहाँ गएर भेटौं निष्ठूरीको कुनै वतनै थाहा रहेन्छ
आकाश माथि कालो बादल फाटि पानी पार्ला जस्तो छ
बादल जस्तै यो मेरो मन पनि फाटि जाला जस्तो छ

चारै तिर अंन्ध्यारो छ हुरी बतास चलला जस्तो छ
हुरी संग कतै मेरो दिल पनि चुंडी जाला जस्तो छ
कसरी बिताऊँ यो दिनहरु, रात परे नि हुन्थ्यो
रातसंगै दिनको आशा पनि अस्ताए नि हुन्थ्यो
godhuli
साँझ पर्यो गोधुलिमा घाँम अब डुल्ने हो कि
गोधुलिको घाँम संगै जिवन पनि डुब्ने हो कि (more…)

बसुंन्धारा पूजाका केहि झलकहरु

ललितपुर
भाद्र २३ गते हरेक साल आजको दिनमा नै मनाऊँदै आएको बसुंन्धारा पूजा हिजो देखी यहाँ पूजा आजा गर्दै भक्तजनहरु ब्रतबसी आज दिऊसो करिब १२ बजे बाट परिक्रमा सुरु भै पाटनको बिभिन बाहाल(बहिलि) तथा टोलहरुको परिक्रमा गरि पुन्न साँझ पुल्चोकमै पुगि संम्पन भयो। यस बसुंन्धारा पूजाको आयोजना पाटनका बिभिन बाहालको टोलहरुले बर्षको पालै पालो गर्दै मनाऊँदै आईरहेको एउटा धार्मिक सांस्कृति कार्यक्रम मध्ये एक हो। यस पालि बसुंन्धारा पूजाको आयोजना गर्ने पालो पुल्चोक बासीहरुलाई परेको थियो।
यहाँ यस्तै पूजाहरु मध्ये गणेश पूजा, भिमशेन पूजा, कृष्ण पूजा अनि मतया पूजा पनि प्रमुख हुन्। यस पूजाहरुको पनि आयोजना बसुंन्धारा पूजा जस्तै हरेक बर्ष बिभिन टोलले पालै पालो गर्दै आयोजना गरि मनाऊने गरिन्छ। गुण को-अपरेटिभ लि. ले आजको यस पूजाको लागि संम्पूर्ण फाईन्सियल स्पोन्सर गरको थियो।


(more…)

त्यो मिलनका पहिलो दिन

mooros1
बिर्सन नसकेको क्षण

तिमीलाई नभेटेको पनि
आज युग बिटे जस्तो,
जति हाँस्ने कोशिस गर्छु
त्यति पिडाले छट्पटी
भए जस्तो,
मनमा खडेरी त पर्ने नै भए
‘साथ’ तिमि न भए पछि।
संगै हुंदा कति रमाई
हाँसि खुसी आफ्नै दुनियामा
लिप्त हुन्थे।
तर आज, मात्र तिम्रो
याद बाँकी छ,
अरु सबै कल्पना मै
सिमित भयो।
कति खुसि हुन्थे त्यो दिन हामी घण्टौ सम्म सुख दुख:का कुराहरु गर्दै हाँसखेलमै समय बिताऊन्थे। घाँम पानी पनि नभन्दै मोटर बाईकमै टाढा टाढा सम्म घुम्दै पुग्थे। कहिले सारा दिन माया प्रितीका कुरा गर्दै आफ्नै कोठामै बसी समय बिटाउथे।
बिटेका कुराहरु सम्झिन्दा केहि बेर मन त हल्का त हुन्छ, तर त्यस यादले छोडे पछि मुटुमा पिडा झन बढ्डो रहेछ।
आज पनि मलाई याद छ, त्यो हाम्रो मिलनका पहिलो दिन……..
(more…)

पश्चाताप २

sad_angel_by_lady_nightstalker

परीले उनको साथीको मोबाईलबाट आफ्नो श्रीमानको आवाज सुनेदेखी मनमा झन कौतुहलताले बास बस्न थाल्छ…र
मनमनै सोच्न र कल्पना भित्र डुब्न पुग्छ,
किन मेरो मोबाईलमा फोन नगरी उहाँकी बहिनीको मोबाईलमा फोन गरेको होला..?
के सांन्चै म देखी त्यस्तो बिनी उहाँ रिसाई सकेकै हो र…?
सायद
कतिदिन पहिले नै काठमाण्डौं आईसकेको हो की,

या आज मात्र आउनु भएको हो, कसरी

थाहा पाऊँ मैले यो सब कुरो,

कोसंग गएर सोधौ…..!
यस्तै मनमा सोच्दै बसीरहेकी थिई।
अचानक टिननन्.. मोबाईलको घण्टीले परीलाई झसंग बनाई दिन्छ,
अगाडि टेबुल माथि राखेको मोबाईल दायाँ हातले बिस्तारै अठाऊदै कसको नम्बर हो भनि हेर्छ,
अनि अनुहारमा जलन र आस्चर्यको भावना ल्याऊँदै मनमनै बोल्न थाल्छ।

ओह..ए्..यो नम्बर त अहाँकै दिदीको घरको हो नि…!,

सायद दिदीकोमा पुगिसक्नु भो होला, (मनमनै सोच्दै मोबाईल कान सम्म् बिस्तारै लान खोज्छे, तर फेरी भित्रि मनले भने ऊठाऊन दिईरहेको हुन्दैन्।, उटाबाट हेलो, भने स्वर बाहिर सम्मै सुनिरहेको थियो।)

हे हेल्लो..(परीको आवाजमा कंपनता मिश्रित थियो,)

मनमा जति रिस उठे पनि आफ्नोको लोग्ने आवाज सुन्दा भित्र कता-कता माया पनि पलाई रहेको जस्तो अनुभूती हुन्दो रहेछ।

आएको एक महिना भै सक्यो आज बल याद आयो मेरो…?

किन गरेको फोन अहिले पनि तिम्रै बहिनिको मोबाईलमा गरेत भै हाल्थ्योनी, मेरोमा किन गरेको …? (प्रति प्रश्न गर्दै मनमा भएभरको रिस सबै पोखाई दिनछे।)

कति कटर, अनी निष्ठुरी रहेछ लोग्ने मान्छे,
(more…)

“किन एक्लो पारी दियौं”

284
:-काली पारी

म सित नसोध प्रिय तिमी
कति तपपिन्छौं बियोगमा भनी
दिन त जसोतसो नै बिट्छ
तर रात पिडाले छटपटिन्छ
नसोध मलाई
बिछोडका घाऊ कति दुख्छ भनि
आफ्नै मुटुलाई नै सोधी हेर
थाहा पाउने छौ
याद त, मेरो
तिमिलाई पनि नआएको हैन होला,
साथी संगीनीसित
परिचर्चा पनि हुन्छ होला
हाम्रो अधुरो प्रेमको
चिनारी पनि देखायौं होला
(more…)

श्रीमतीजीलाई खुसी तुल्याउने उपाय

2

नयाँ प्रत्रिकामा छापिएका “श्रीमतीलाई खुसी तुल्याउने आधादर्जन उपाय” शिर्षकको लेख मेरो ब्लगपोष्टको ‘पश्तापको भुमरी’ लेखको पात्र ‘परी’को जिन्दगीसीत मेलखाए जस्तो लाग्यो। कहिले काही यस्तो संयोग हुने रहेछ, एकै दिनमा त्यो लेखको प्रेशित हुनु अर्को रोचक पक्ष हुन्। सायद परीको बारेमा थाहा पाउनेहरुले कसैगरि यो लेख हेर्यो र पढ्यो भने परीकै जिन्दगीमा केहि परिबर्तन ल्याउनाम केहि भए पनि मद्दत गर्न कसैले सघाई देलाकी भनी आशामा आज यो लेख प्रेशित गरेको छु।

कुनै पनि पुरुषको जीवनमा महिला हुनु उसको प्रसन्नताको सबैभन्दा ठूलो सूचक मानिन्छ । तर, आफ्नो जीवनमा गाँसिएकी ती महिलाको अनुहारमा प्रसन्नतायुक्त मुस्कान कायम राखिराख्न सजिलो भने हुँदैन । वास्तवमा धेरै पुरुष महिलाको प्रसन्नता केमा हुन्छ भन्ने थाहा नपाईकनै सारा जीवन बर्बाद गरिरहेका हुन्छन् । एक-अर्काका कुरा नबुझेर हुने घरझगडा, निरन्तरको झैझमेलाले दाम्पत्य जीवनलाई नरक तुल्याइरहेको हुन्छ । हाम्रोजस्तो पुरुषप्रधान समाजमा त महिलाका इच्छा, आकांक्षा, तिनका स्वाद र रुचि, तिनको आराम र आनन्दलाई किञ्चित् महत्त्व दिइएको हुन्न । यसै परिप्रेक्ष्यमा पत्नीलाई खुसी तुल्याउने केही उपाय यहाँ प्रस्तुत छन्:
(more…)