
नयाँ प्रत्रिकामा छापिएका “श्रीमतीलाई खुसी तुल्याउने आधादर्जन उपाय” शिर्षकको लेख मेरो ब्लगपोष्टको ‘पश्तापको भुमरी’ लेखको पात्र ‘परी’को जिन्दगीसीत मेलखाए जस्तो लाग्यो। कहिले काही यस्तो संयोग हुने रहेछ, एकै दिनमा त्यो लेखको प्रेशित हुनु अर्को रोचक पक्ष हुन्। सायद परीको बारेमा थाहा पाउनेहरुले कसैगरि यो लेख हेर्यो र पढ्यो भने परीकै जिन्दगीमा केहि परिबर्तन ल्याउनाम केहि भए पनि मद्दत गर्न कसैले सघाई देलाकी भनी आशामा आज यो लेख प्रेशित गरेको छु।
कुनै पनि पुरुषको जीवनमा महिला हुनु उसको प्रसन्नताको सबैभन्दा ठूलो सूचक मानिन्छ । तर, आफ्नो जीवनमा गाँसिएकी ती महिलाको अनुहारमा प्रसन्नतायुक्त मुस्कान कायम राखिराख्न सजिलो भने हुँदैन । वास्तवमा धेरै पुरुष महिलाको प्रसन्नता केमा हुन्छ भन्ने थाहा नपाईकनै सारा जीवन बर्बाद गरिरहेका हुन्छन् । एक-अर्काका कुरा नबुझेर हुने घरझगडा, निरन्तरको झैझमेलाले दाम्पत्य जीवनलाई नरक तुल्याइरहेको हुन्छ । हाम्रोजस्तो पुरुषप्रधान समाजमा त महिलाका इच्छा, आकांक्षा, तिनका स्वाद र रुचि, तिनको आराम र आनन्दलाई किञ्चित् महत्त्व दिइएको हुन्न । यसै परिप्रेक्ष्यमा पत्नीलाई खुसी तुल्याउने केही उपाय यहाँ प्रस्तुत छन्:
राम्रो व्यवहार गर
केही महिला आफ्ना पतिका दुव्र्यवहारको सिकार बनेका हुन्छन् । केटी पाउनका लागि तिमी जेजस्तो नखरा पार्छौ, जेजति वाचाबन्धन र प्रयास गर्छौ, केटी पाइसकेपछि ती सबै कता-कता हराउँछन् । वास्तवमा ती वाचाबन्धन उनले सम्झि राखेकै हुन्छिन् । ती सामान्य करा हुन् । तर, सम्बन्धलाई बलियो र विकसित बनाउन तिनको ठूलो महत्त्व हुन्छ । उपयुक्त बेला पारी उनको हात समातेर उनकै लागि हुँ भन्ने भावले उनीसँग हिँड्नाले पनि प्रसन्नता र प्रेमलाई बढाउँछ । श्रीमतीलाई खुसी राख्नु छ भने उनलाई के-के निको लाग्छ, उनी के-के रुचाउँछिन् भन्ने कुरा ख्याल राख ।
उनका कुरा ध्यानपूर्वक सुन
आफ्नी जीवनसाथीले दिन कसरी बिताउँछिन्, तिनका साथीहरू के-के गर्छन्, यो चराचर जगत् यस्तो छ, उस्तो छ, धेरैजसो पुरुष यस्ता खैराँते र महिलाले नरुचाउने कुरा गरेर वाक्कै पार्छन् । त्यसभन्दा पनि पर उनले रुचाउने कुरा पनि छन् भन्ने कुरामा पुरुषहरू ध्यानै दिन्नन् । धेरै पुरुषले महिलाले कुरा थाल्नेबित्तिकै उनको बोली बन्द गरिदिन्छन् वा उनले कुरा गर्दागर्दै आफ्नै स्वर ठूलो पारेर कुरा अघि बढ्न नदिने गल्ती पनि गर्छन् । तिमी साँच्चै आफ्नी प्रेयसीलाई प्रसन्न देख्न चाहन्छौ भने उनी साँच्चै के भनिरहेकी छिन्, राम्ररी सुन । यसले तिमीलाई उनको धेरै नजिक ल्याउनेछ ।
उनलाई तिम्रो आफ्नो दुनियाँमा छिर्न देऊ
वास्तवमा धेरै पुरुष आफ्नी श्रीमतीसँग धेरै कुरा लुकाउँछन् । त्यसैले धेरै महिला आफ्ना श्रीमान् कहाँ के गर्छन्, उनी किन भावुक भएका छन्, केले उनलाई क्रुद्ध तुल्याइरहेको छ, उनी के सोच्दै छन् भन्ने कुरा थाहै नदिने गरेको गुनासो गर्छन् । पुरुषहरू सामान्यतया महिलाजति खुल्दैनन् भन्ने कुरा सही हो, तर यसैले तिम्रो र तिम्री पत्नीको सुसम्बन्धमा भाँजो हाल्न सक्छ । तिमीले उनलाई विश्वासमा लिन सकेमा उनले तिमीलाई मद्दत गर्ने कुरा त छँदै छ सँगसँगै तिमीले आफ्नो सम्पूर्ण वास्तविकता बताउने हुनाले तिम्रो वास्तविक स्वरूप चिन्न पाएर उनी प्रसन्न हुनेछिन् ।
उनीप्रति प्रेम दर्साऊ
निश्चय नै सहवास प्रेमको एक पाटो हो, तर त्यही नै सबथोक र अन्तिम भने होइन । प्रेम दर्साउने कुरा भिन्न समयमा भिन्न प्रकारले गर्न सकिन्छ । जस्तै डिनरका बेला कहिलेकाहीँ उनको कपाल मुसार्नु, भोजका बेला पुलुक्क हेर्नु, दिनभर यात्रा गरेर थाकेपछि उनको काँधमा अलिअलि मालिस गर्नु पनि प्रेम दर्साउने कला हुन् । याद गर, बिस्तरामा मात्रै प्रेम देखाउनाले सम्बन्ध खुम्चिन्छ । बिस्तराबाहिर पनि प्रेमका लागि धेरै ठाउँ छन् ।
उनलाई बेलाबेला चकित तुल्याऊ
असल आश्चर्यले सबैलाई चकित तुल्याउँछ । अझ खासगरी यसरी आश्चर्यचकित पार्नलाई अलिकति बुद्धि लगाइयो भने त्यसबेला झन् आनन्द आउँछ । त्यस्ता अनन्त अवसरहरू हुन सक्छन् । उनलाई उपहारस्वरूप अनौठो र नसोचेको सुन्दर वस्तु देऊ, कुनै रोमान्टिक होटलमा लैजाऊ, उनी काम गर्ने ठाउँमा गएर सोखिन व्यक्तिहरू चढ्ने खालको गाडीमा घर वा होटलतिर लैजाऊ, उनी छक्क पर्नेछिन् ।
उनलाई सहयोग गर
धेरैजसो जब महिलालाई समस्या परेको हुन्छ, उनी चिन्तित हुन्छिन् । त्यतिबेला पुरुषले उनको जीवनमा समस्याको समाधान लिएर आउने प्रयास गर्नुपर्छ । पुरुषका लागि उनको खास समस्यामा आँखा गाड्नु तर्कपूर्ण कुरा हो । यति नै बेला त महिला ऊप्रति आकषिर्त हुन्छे ! तर, जतिबेला उनी आफ्नी नखरमाउली रिसेप्सनिस्टबारे गुनासो गरिरहेकी हुन्छिन्, त्यतिबेला तिमीले सबै कुराको समाधान मैसित छ भनेर जान्ने हुनुपर्दैन । उनका कुरा सुनिदिए मात्र पुग्छ किनभने, त्यतिबेला तिम्रो सहानुभूति र सहयोग मात्र उनलाई चाहिएको हुन्छ ।









