म्हपूजा अर्थात् आत्मपूजा

e0a4aee0a4a8e0a4b0e0a4bee0a49ce0a4be
मनराजा राजोपाध्याय

काठमाण्पडौं
रम्परादेखि चली आएको महान् चाड ‘तिहार’ जम्मा पाँच दिन मनाउने चलन हालसम्म चली आएको छ। यी पाँच दिनलाई यमपञ्चक भनिन्छ। यमपञ्चकको पहिलो दिन कागलाई पूजा गरिन्छ। दोस्रो दिन कुकुरलाई पूजा गरिन्छ।

तेस्रो दिन गाईपूजा बिहान गरी रात्रिकालमा लक्ष्मीपूजा गरिन्छ। तेस्रो दिन कार्त्तिक कृष्णपक्ष अमावास्था अर्थात् औंसीको रात्रिपूजा गर्ने चलन छ। पञ्चांग समितिले पात्रो तयार पार्दा चतुदशीका दिन राति औंसी परेको छ भने सो दिन लक्ष्मीपूजा गर्नू भनी उल्लेख गरिआएको छ। तर अर्को समूहले यो कुरा नमानी प्रतिपदा अर्थात् औंसीको भोलिपल्ट पनि राति लक्ष्मीपूजा गर्दै आएको छ।

अब चौथो दिन कार्त्तिक शुक्लपक्ष प्रतिपदाका दिन म्हपूजा नेवार समुदायमा गरिने चलन हो। यो चलन लिच्छविकालीन समयभन्दा अगाडिदेखि चल्दै आएको अनुमान छ । तर हाल नेपाल संवत् फेरिने वर्षो पहिलो दिन पारी म्हपूजा गर्ने चलन चल्दै आएको छ। म्हपूजालाई विशेष पूजा भनिन्छ।

नेपाल भाषाअन्तर्गत ‘म्ह’ शब्दले सम्पूर्ण शरीरलाई बुझाउँछ। साथै ‘म’ शब्दले आत्म भन्ने प्रस्ट छ। हाम्रो शरीरमा आत्मा छ र प्राणलाई प्रभावित गर्ने शक्ति यसमा छ। यही कारणले म्हपूजामा आत्मपूजा गर्ने कार्य गरी आएको छ। आत्मपूजाको पर्याय म्हपूजा हो।

म्हपूजा गर्दा घरका सबै परिवारको क्रमशः जेठोदेखि कान्छोसम्मको मण्डला तेल रेखी बनाई अबिर, चामलको पीठो, पानी, मास, जौ, कालो भटमास, धान, थरीथरीका फूल आदिले सजाएर तयार पारिन्छ। सबै क्रमशः मण्डलाको सामु बसेर पूजा गरिन्छ ।

घरका ‘थकाली’ नाइकेले मण्डलापूजासहित दहि सगुन दिने कार्य हुन्छ । सो दिन विशेष रूपमा बत्ती बालिन्छ । त्यस बत्तीका ज्योतिले शरीरमा शक्ति र वीरत्वप्राप्त भई ज्ञान र कल्याण आफूमा समाहित हुने विश्वास गरिन्छ । त्यसै गरी सगुनस्वरुप अण्डा, माछा, बाराआदि लिने गरिन्छ।

म्हपूजाबाट बाहय शक्तिको संयोजनद्वारा आत्म शक्तिलाई प्रज्वलित गर्ने र देह शुद्ध गर्ने कार्य हुन्छ। म्हपूजाबाहेक अन्य कर्म (जस्तै बेल विवाह कार्य, र्सूय दर्शन कार्य, व्रतबन्ध, विवाह कार्य आदि) गर्दा पनि आत्मपूजा गर्ने चलन छ। आत्मपूजाविना कुनै कार्य सिद्ध हुँदैन। तर्सथ हाम्रो शरीरमा रहेको आत्मालाई पूजा नगरी अन्य पूजा कार्य गरिँदैन।

बसुंन्धारा पूजाका केहि झलकहरु

ललितपुर
भाद्र २३ गते हरेक साल आजको दिनमा नै मनाऊँदै आएको बसुंन्धारा पूजा हिजो देखी यहाँ पूजा आजा गर्दै भक्तजनहरु ब्रतबसी आज दिऊसो करिब १२ बजे बाट परिक्रमा सुरु भै पाटनको बिभिन बाहाल(बहिलि) तथा टोलहरुको परिक्रमा गरि पुन्न साँझ पुल्चोकमै पुगि संम्पन भयो। यस बसुंन्धारा पूजाको आयोजना पाटनका बिभिन बाहालको टोलहरुले बर्षको पालै पालो गर्दै मनाऊँदै आईरहेको एउटा धार्मिक सांस्कृति कार्यक्रम मध्ये एक हो। यस पालि बसुंन्धारा पूजाको आयोजना गर्ने पालो पुल्चोक बासीहरुलाई परेको थियो।
यहाँ यस्तै पूजाहरु मध्ये गणेश पूजा, भिमशेन पूजा, कृष्ण पूजा अनि मतया पूजा पनि प्रमुख हुन्। यस पूजाहरुको पनि आयोजना बसुंन्धारा पूजा जस्तै हरेक बर्ष बिभिन टोलले पालै पालो गर्दै आयोजना गरि मनाऊने गरिन्छ। गुण को-अपरेटिभ लि. ले आजको यस पूजाको लागि संम्पूर्ण फाईन्सियल स्पोन्सर गरको थियो।

basundhara-pooja4

basundhara-pooja1

basundhara-pooja11

basundhara-pooja3

basundhara-pooja2