यौन व्यापार केन्द्रका रुपमा चर्चित भइरहेको बुटवलमा प्रहरीले पक्राउ गरेका केही यौनजोडीका कथा चाखलाग्दा छन् । विदेशमा रहेका श्रीमान्ले पठाएको पैसा पुर्याउन आएका श्रीमान्कै साथीसँग सल्किएकी महिला हुन् या घरमा साथीको दिदीको बिहेमा जान्छु भनेर यौन व्यापार गर्न बुटवल जाने किशोरी, यी सबै उदाहरणले एउटै कुरा संकेत गरेका छन्- यौन व्यापार र खुला यौन क्रियाकलाप केन्द्र बनिरहेको छ बुटवल ।
प्रहरी नायव उपरीक्षक दानबहादुर कार्की
इलाका प्रहरी कार्यालय, बुटवल
एक समय घ्यूको व्यापार गर्न पहाडी जिल्लाबाट बुटवलमा झर्नेको ताँती लाग्थ्यो । घ्यू बेचेर नुन खरिद गर्ने र फर्किने स्थल थियो बुटवल । तर, बुटवलले आज कोल्टे फेरेको छ । त्यही बुटवलमा आज पनि पहाडी जिल्लाबाट मानिस दैनिक ओइरिन्छन् । तर, नुनको व्यापार होइन, देह व्यापार गर्न झर्नेको ताँती लाग्न थालेको छ ।
बुटवलमा काम खोजी गर्दै आएका बालिकाहरू होटेलमा काम गर्दागर्दै होटेल सञ्चालकबाट जबरजस्ती यौन व्यापारमा धकेलिएका छन् त, कोही अनेक समस्याका सिकार हुदै यौन व्यापारमा धकेलिएका छन् ।
त्यतिमात्र होइन, हिजोआज बुटवल यौन प्यास मेटाउने उपयुक्त थलो बनिरहेको छ । रूपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची तथा कास्कीका मानिस यौन प्यास मेटाउन बुटबल आउने गरेको तथ्य अहिले उजागार हुँदै गएको छ ।
बुटवलमा यौन व्यवसाय फस्टाएको चर्चासँगै प्रहरी सक्रियता बढेपछि थप रहस्य खुल्दै गएका हुन् । बुटवलमा यौन व्यवसाय नियन्त्रण गर्ने क्रममा प्रहरीले होटेलमा छापा मार्दा दिउँसै यौनजोडी भेटिने गरेका छन् भने पार्कतिर प्रहरीले नजर लगाउँदा त्यहाँ पनि उस्तै भेटिन थालेका छन् ।
यौनबजारमा अविवाहित र स्कुले किशोरीदेखि लिएर युवतीहरू बढी भेटिएपछि प्रहरीलाई सम्झाइ-बुझाइ गर्न हम्मेहम्मे परेको छ । बुटवलमा कस्ता-कस्ता यौनजोडी प्रहरी फन्दामा परे त ? इलाका प्रहरी कार्यालय बुटवल प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले प्रहरी कारबाही तथा अनुसन्धान क्रममा स्मरण गरेका केही यौनजोडीहरूः
१. पोखराबाट एउटी युवती बुटवलमा साथीको दिदीको विवाहमा जान्छु भनेर घरबाट हिँडिछिन् । बुटवल आउने क्रममा उनले त्यही पोखराबाट अर्की साथीलाई समेत बुटवल जाउ“m भनिछिन् । तर, उनले बुटवल जानुका कारण खोजिछिन् । ‘केटा भेट्न जाने हो हिँड्’ भनिछिन्, तर तिनले आप\mनो त केटासाथी बुटवलमा नभएको बताएपछि ‘हिँड् केही फरक पर्दैन, उतै मिलिहाल्छ’ भन्दै आफनै स्कुटरमा राखेर ल्याइछिन् । बुटवलमा भेट्न आउने केटासाथी भनेको अस्ट्रेलिया बसेर आएको गाँठवाला रहेछ । पोखराबाट आएका ती दुवै होटेलमा बसेछन । केटासाथी पनि आएछ । तर, सँगै आएकी साथीलाई अर्को केटासाथी भने तत्काल मिलेनछ । त्यसपछि ती युवतीले साथीलाई पनि अस्ट्रेलिया बसेर आएको मानिससँग धन्दामा लगाइछिन् । प्रहरी गस्तीले समातेर ल्यायो । अनुसन्धानपछि यो तथ्य खुल्यो । तर, घटना बताएर ती युवतीको आमालाई फोन गर्दा उनले भनिन्, ‘ए पठाइदिनुहोस् न त । हामी त आउन भ्याउँदैनाँै ।’ अभिभावकलाई आपनो सन्तानको कुनै वास्ता नभएपछि यस्तो समस्या त आउने नै भयो ।
२. एकपटक चाखलाग्दो यौनजोडी पक्राउ पर्यो । महिलाको श्रीमान् विदेशमा रहेछन् । श्रीमान्ले पठाएको रकम दिन आएको व्यक्तिसँग उनी सल्किइन् । श्रीमान्ले हुन्डीमार्फत पठाएको रकम दिने क्रममा परिचित भएका श्रीमान्का मित्रसँग सम्बन्ध बढ्दै गएछ । श्रीमान्ले जम्मा पाँच हजार रुपैयाँ पठाइदिएका रहेछन् । त्यो रकम बोकेर आएको व्यक्तिसँग ती महिला लहसिइछिन् । यो जोडी पनि बुटवलकै होटेलबाट पक्राउ परेको थियो ।
३. बुटवलका होटेलमा मात्र हैन, पार्कमा समेत यौनजोडी वेलावेला भेटिने गर्छन् । यहाँका फूलबारी, हिलपार्क, शंकरनगरको विहार यौनजोडीको रोजाइ बनेको पाइन्छ । इलाका प्रहरी कार्यालयनजिकै रहेको खानेपानी कार्यालयअगाडि खानेपानी पाइप राखेको स्थानमा समेत वेलावेला यौनजोडी भेटिने गरेका छन् । एकपटक हिलपार्कबाट दस जोडी पक्राउ गरियो । हिलपार्क ल्याएर फोटो खिचेको त एउटी युवती त बेहोस भएर ढलिन् ।
४. एकजना युवतीको मोबाइल बिगि्रएछ । त्यसपछि उनी मोबाइल बनाउन जाँदा मर्मत गर्ने २२ वर्षको युवकसित परिचय भएछ । उनले मोबाइल बनाउन तथा गीत राख्न जाने क्रम बढ्दै गएछ । सोही क्रममा ती युवकले युवतीको मोबाइलमा अश्लील भिडियो राखिदिएछन् । त्यसपछि उनीहरू बढी नजिकिन थालेछन् । त्यही क्रममा होटेलमा जान थालेछन् । प्रहरी चेक-जाँच गर्ने क्रममै यो जोडीलाई होटेलबाटै समात्यौँ ।
५. बुटवल मणिमुकुन्द सेन उद्यान पार्क (फूलबारी) मा प्रायः भीडभाड रहन्छ । त्यहाँ विभिन्न कार्यक्रम हुने भएकाले मान्छेको जमघट बढी हुन्छ । प्रहरी मान्छेको जमघट बढी हुने स्थानमा बढी चनाखो हुनुपर्छ । केही साताअघि फूलबारीमा विवाह धेरै भएको दिन रहेछ । भीडभाड बढी थियो । त्यस्तोमा फूलबारीमा थुप्रै मान्छे जम्मा भएको नजिकै चुम्बन गर्दै गरेका युवायुवती भेटिए । समाजले पचाउन नसक्ने दृश्य देखेपछि त्यहाँ पनि पक्राउ गर्नुपर्ने स्थिति सृजना भयो ।
श्रोत: नयाँ पत्रिका
विष्णु घिमिरे



यशोदा श्रेष्ठ / मीरा आचार्य





