त्यो मिलनका पहिलो दिन

mooros1
बिर्सन नसकेको क्षण

तिमीलाई नभेटेको पनि
आज युग बिटे जस्तो,
जति हाँस्ने कोशिस गर्छु
त्यति पिडाले छट्पटी
भए जस्तो,
मनमा खडेरी त पर्ने नै भए
‘साथ’ तिमि न भए पछि।
संगै हुंदा कति रमाई
हाँसि खुसी आफ्नै दुनियामा
लिप्त हुन्थे।
तर आज, मात्र तिम्रो
याद बाँकी छ,
अरु सबै कल्पना मै
सिमित भयो।
कति खुसि हुन्थे त्यो दिन हामी घण्टौ सम्म सुख दुख:का कुराहरु गर्दै हाँसखेलमै समय बिताऊन्थे। घाँम पानी पनि नभन्दै मोटर बाईकमै टाढा टाढा सम्म घुम्दै पुग्थे। कहिले सारा दिन माया प्रितीका कुरा गर्दै आफ्नै कोठामै बसी समय बिटाउथे।
बिटेका कुराहरु सम्झिन्दा केहि बेर मन त हल्का त हुन्छ, तर त्यस यादले छोडे पछि मुटुमा पिडा झन बढ्डो रहेछ।
आज पनि मलाई याद छ, त्यो हाम्रो मिलनका पहिलो दिन……..

तिम्रै गाऊँको एउटा मन्दिरको आंगनमा, एकजना साथिको साथमा मलाई भेटने भनी एउटा ठुलो चौरमा मेरो पर्खाईमा (सायद त्यस गाऊँको फुटवल ग्राऊड होला) एउटा बायाँ हातले छाता समाऊँदै अर्को दायाँ हातले कानको मोबाईल समाई फोन गर्दै यता उता हेर्दै थियो।
मोबाईलमा घण्टी बजेको सुनी मैले मेरो बाईक त्यही रोकी पैन्टको पकेटबाट मोबाईल झिकी हेलमेटको भित्र दायाँ कानमा राख्दै भने,
हेलो, कहाँ हो तिमी…? (मैले मोबाइलमा तिम्रो आवाज सुन्दै चारै तरफ नजर घुमाऊँदै यता उता हेर्दै भने)
हामी दुबैजना तपाईकै सामुने केही दुरिमै छु,
तपाई हामी दुई मध्य कुन चाहि म हो आफै पता लगाऊ ल….! (उताबाट तिम्रो आवाजमा ठटापन र अलि खुशि पनि झल्किरहेको मैले महेशुस गरेका थिए) मैले आफ्नै अगाडिको चौरमा तिमिहरुलाई देखिसकेका थिए। तर दुबैले एउटै ड्रेस लाईरहेकीले मैले ठम्याउन भने सकेको थिएन।

तिमिले मलाई देखे पछि मन्दिरको माथि आउने ईसारा गर्दै दुबैजना मन्दीरको भर्याङ्ग चड्दै माथि तिर लाग्यो। केहि खुडकिलो चढिसके पछि मेरो टाऊकोमा भएको हेलमेट फुकाल्नु, अनुहार एकपलट हेर्छु भनी तिमी काराई रहरकी थियो, म पनि अलि ठटा पारा मै तिमिलाई चिनि सके अब म जान्छु भन्दै बाइकमै बसिरहे।
धेरै अनुरोध पछि मैले हेलमेट निकाली तिमीहरु तिर हेरे, तर टाढा भएर होला मेरो अनुहार राम्रो सीत देखेन भनि कराउदै पनि थियो।
त्यस दिन म तिमीलाई भेटन भनि नै तिम्रो गाऊमा आएका थिए, र तिमी पनि मलाई भेटन भनि घर बाट अलि छिटै निस्केको भनेकी थिए,
चारै तिर हरियाली अनि त्यसको वरिपरी घरहरु मिली एउता सानो बजार बनेको थियो, बजारको दक्षिण पट्टी बिचमा त्यो मन्दिर अलि सानो पहाड माथि बनेको रहेछ। सानो सानो रुख भएकाले होला माथि जाने सीढी बिचमा कहिं कहीं अलि सिढि पनि देखि रहेको थियो। तिमी सिढिको बिचमा बसि माथि आएर एक चोटी मलाई भेटेर जानकोलागि हात हलाऊँदै भन्दै थिईन।
alone
हेलमेट टाउकोमै राखी म पनि भर्याङ्ग चढ्दै तिमिहरु भए ठाऊँमा तिर हिड्दै थियौं।
पहिलो भेट भएर होला मलाई पनि मनमा कता कता कौतुहल अनि अलि डर भैरहेको थियो। आज भन्दा पहिले कहिले देखेको पनि त छैन तिमिलाई र तिमिले पनि देखेकी छैनौं। फोनमा त हाम्रो घण्टौ कुरा हुन्छ, तै पनि पहिलो भेट भएर होला अलि मनमा डर लाग्दो रहेछ डर यस अर्थमा कि यदि तिमिले मलाई अस्विकार गरी दियो भने के गर्ने..? मैले त तिमिलाई पहिले नै भनि सके तिमि जस्तो अबस्था पनि स्वीकारय छ।
गर्मीले पुरा टाऊँको पानि पानि भैसकेको थियो तर टाउकोमा भएको हेलमेट भने फुकाल्न मनै भैरहेको थिएन, एउटा हातले पसिना पुछ्दै मन्दिरको भर्याङ्ग चढ्दै दायाँ बायाँका रुखहरुको हाँगा समाउदै कुरा गर्दै म माथि उक्लदै तिम्रो नजिक पुग्ने प्रयास गर्दै थियौं।
सान्चै त्यो दिन म धेरै खुसि थिए मलाई त्यस दिन कहिले नभएको अनुभूति भैरहेको थियो। बिहान सम्म मोबाईलमा मात्र कुरा गरिरहेकी तिमी अब साचैकै भेट हुने भो भनि मनमा अनेक उमग र खुसीहरु त हुने नै भयो। रुख माथिका चराहरु पनि हाम्रै गीत गाऊँदै जिस्क्याई रहे जस्तो। तिमि आऊने खबरले होला तिम्रो पाईला चुम्न मंन्दिरको आंगन पनि मंन्द मुश्कान भैरहेको जस्तो।
“हो, मलाई आज पनि त्यो दिन याद छ।

“तर आज समय र परिस्थितिले हामी दुबैलाई बिछोड र बियोगको जिन्दगी जिऊन बाध्य बनाई दियो।
त्यस्तो सुखत मिलनका क्षनहरु सम्झि मन त हो नि तड्पिहाल्दो रहेछ।
काहिलेकाहि तिम्रो यादमा,
मिलनको आशमा,
अनि अझ ‘सामिप्यता’
पाउने बिश्वासमा।
एउटा कहिल्ये पनि बिर्सन नसक्ने क्षण बनाई दियो।

मलाई थाहा छ,
तिम्रो त्यो कोमल र निश्चल ह्रृदयले
त्यसको यौनिक आकाक्षालाई
समेट्न सकिरहेको हुन्दैन।
कति मानसिक शारिरीक
यातना सहेर बसिरहेकि होली।
तर कति बजबूर, अनि
बिबस छु म पनि
तिम्रोलागि केहि गर्न
सकिरहेको छैन।
मात्र तिम्रो पिडाको आनुभूति
महेशुस गर्ने सिबाय्।
runu
सायद बिछोडको घाऊले
तिमिलाई पनि पिडा दियो होला,
हरेक क्षन मलाई नै सम्झि
‘कष्टप्रद’ मै जियो होला,
कहिले मलाई सम्झि
एकान्तमा रोयो पनि होला
त्यसैले त होला
मेरो मन पनि रुन्छ,
बिस्तारै मुटुको धडकन बढ्छ,
ओठ्को कंपनले होला
कतिबेला आँखाबाट
आँसुका थोपा टपटप् बगी,
डायरीको पाना भिझे पछि
बल थाहा भो यो त सबै
सपना मात्रै रहेछ।

पश्चाताप २

sad_angel_by_lady_nightstalker

परीले उनको साथीको मोबाईलबाट आफ्नो श्रीमानको आवाज सुनेदेखी मनमा झन कौतुहलताले बास बस्न थाल्छ…र
मनमनै सोच्न र कल्पना भित्र डुब्न पुग्छ,
किन मेरो मोबाईलमा फोन नगरी उहाँकी बहिनीको मोबाईलमा फोन गरेको होला..?
के सांन्चै म देखी त्यस्तो बिनी उहाँ रिसाई सकेकै हो र…?
सायद
कतिदिन पहिले नै काठमाण्डौं आईसकेको हो की,

या आज मात्र आउनु भएको हो, कसरी

थाहा पाऊँ मैले यो सब कुरो,

कोसंग गएर सोधौ…..!
यस्तै मनमा सोच्दै बसीरहेकी थिई।
अचानक टिननन्.. मोबाईलको घण्टीले परीलाई झसंग बनाई दिन्छ,
अगाडि टेबुल माथि राखेको मोबाईल दायाँ हातले बिस्तारै अठाऊदै कसको नम्बर हो भनि हेर्छ,
अनि अनुहारमा जलन र आस्चर्यको भावना ल्याऊँदै मनमनै बोल्न थाल्छ।

ओह..ए्..यो नम्बर त अहाँकै दिदीको घरको हो नि…!,

सायद दिदीकोमा पुगिसक्नु भो होला, (मनमनै सोच्दै मोबाईल कान सम्म् बिस्तारै लान खोज्छे, तर फेरी भित्रि मनले भने ऊठाऊन दिईरहेको हुन्दैन्।, उटाबाट हेलो, भने स्वर बाहिर सम्मै सुनिरहेको थियो।)

हे हेल्लो..(परीको आवाजमा कंपनता मिश्रित थियो,)

मनमा जति रिस उठे पनि आफ्नोको लोग्ने आवाज सुन्दा भित्र कता-कता माया पनि पलाई रहेको जस्तो अनुभूती हुन्दो रहेछ।

आएको एक महिना भै सक्यो आज बल याद आयो मेरो…?

किन गरेको फोन अहिले पनि तिम्रै बहिनिको मोबाईलमा गरेत भै हाल्थ्योनी, मेरोमा किन गरेको …? (प्रति प्रश्न गर्दै मनमा भएभरको रिस सबै पोखाई दिनछे।)

कति कटर, अनी निष्ठुरी रहेछ लोग्ने मान्छे,

लोग्ने बिदेशमा गए छ भनि बसीरहेको, उ नेपाल आएको १ महिना भन्दा बढी पो भै सक्यो भन्छ, घरमा नआई आफ्नो दिदीको मै बसिरहेको रे,

यत्रो ठुलो धोखा…! के

सोचेको होला मलाई” (परीको मनमा सुन्यता छाई सकेको थियो लोग्नेको कुराले, केहि सोच्न सक्ने स्थितिमै नरहेको जस्तो, अचनाकै सोच्नमा बाध्य हुन्छे, यत्रो संसारमा परी एकलो परेको अनुभुती हुन थाल्छ,)

किन,..? आखिर किन यस्तो ब्यबहार म प्रति..!

मैले के गरे त्यस्तो, आज

जिन्दगी भर संगै राख्छु, संगै बस्छु भनि, आफ्नो आमा बुबाले भनेका कुरा अनादरगरी आमा बुबाको बिश्वास भन्दा बढी बिश्वास गरी सधै सहयात्रि बनि बसौला भनि आएको बदलामा यस्तै पिडादायक कष्टपूर्ण तनावको जिन्दगिमा बस्नको लाग नै हो त….!

कुर्ताको सलको टुप्पो दायाँ हातको चोर औलामा बेर्दै बायाँ हातले कुममा भएका कपाल पछाडी तिर पठाऊँदै फेरी भन्दै जान्छे…,

आज घर आउला भोलि आउला भन्दै हप्तौ बिती सक्छ, तर २०, २५ किलोमिटर टाढाको दुरीमा रहेको दिदीको बाट आफ्नो घर उहाँ आउनुभएन, बिचमा कहिले काहि फोन त गर्छन रे तर मेरो मोबाईलमा हैन घरको cdma र उसकै बहिनीको मोबाईलमा,

जन्डिस् भएछ रे भने कुरा पनि अरु मार्फत थाहा पाऐ, हुन सक्छ त्यस्तै केहि बिरामी नै भएको भएरै फिर्ता पठाएका होला उटा बाट,

जन्डिस मात्र भए त ठिकै छ उपचार गरे निको भै हाल्छ, तर अरु कुनै HIV Ads.. या स्वाईनफ्लूत जस्तो भयानकरोग भएकोले त वापस पठाएको हैन भनि मनमा चिंन्ता पनि लाग्थ्यो, आखिर श्रीमान त मेरै हो नी..? मनमनै अनेकन शंकाले ग्रसित बनाई दिन्छ परीको कोमल मुटुलाई।

जानेबेलामा पनि त्यती कर त गरेकी हैन नी,

गरिरहेको काम छोडी,

अनी भिषा पनि २, ३ बर्षको बाँकी छदैछ पो भनेकी थिई,

र नेपालमा बसी केपो काम गरीखाने,

बरू उटै केहि बर्ष काम गर्नु केहि रुपैया कमाऊँ

अनी फर्केर यतै केहि काम धंन्दा गरी बसौला त भने नी,

त्यसमा मेरो कुनै के स्वार्थ लुकेको छ..?

यदि त्यस्तो भएको भए उहाँ नभएबेला पनि कतै नगई सारा दिन सासु ससुरो अनि नन्दहरुको सेवा गरी रात दिन आफ्नो आकांक्षाहरुलाई दबाई घर भित्रै कैदी जस्तो भई कोई बसिरहन्छ….?

मानिस जति सोझी र ईमान्दार छ त्यस्तैले बढी दु:ख कष्ट अनी यातना पनि सहेर बस्नु पर्दो रहेछ। कतिका बुहारीहरु लोग्ने नभएको फाइदा उठाई आफ्नो लोग्नेले पठाईएको पैसा यता बसी दिनभरी घुम्दै उडाई रहेको हुन्छन्।

तर आफ्नो भने न कहिले पैसा नै पठाएको छ,

न आफु कहि घुम्ने फुर्सतै पाउँछ,

सारा दिन त घरकै काममा ब्यस्त भेरहेको हुन्छ,

कहिले घुम्न जाने…? खै,

आफ्नो त कर्मनै उस्तै पैसाको त कुरै छाडौ

छोराको फी. पनि तिर्न पुग्ने गरि कहिले पैसा पठाएको थहा छैन।

घुम्नजानलाई पैसा काहाँ बाट ल्याऊँ…?

माईती तिरको पनि के कुरा गरौं हामीले भनेको कुरा मानेनन् आफ्नो ईच्छाएको केटो सित गईन भनेर जतिबेला पनि घोच्याई रहनुहुन्छ र आज यता उताको कुरो हामीलाई नसुनाऔ भनुहुन्।

पश्चातापको भुमरी

sad_angel_by_lady_nightstalker
-: काली परी

लोडसेडिङ्गले पुरा गाऊँ आंन्ध्यारो छाए पनि जूनेली रातको प्रकाशले बस्तीमा केहि उज्यालो भने थियो। तर यहाँ परीको अनुहारमा भने औशिको रात झै अंध्यारै छाएको छ। दिनभर आ-आफ्ना कामहरु भ्याई नभ्याई सिध्याई साँझ तिर बति गएको बेला कहिलेकाही यसरी नै साथिहरु भेला हुने गर्थ्यो सधैं। अनी दिनमा कले के के गरिन लेखाजोखाका कुरा पनि यहि छलफल गरिने गर्थ्यो। पृथ्बीराज मार्गको बाटैमा पर्ने तनहुँ जिल्लाको एउटा सानो सुंन्दर गाऊँ राजमार्गबाट झन्दै ४,५ किलोमिटर दक्षिण तिर पर्ने जहिले पनि सलसल बगिरहने एउटा नदीको किनारमा अबस्थित यस गाऊँमा पनि अरु घाऊँमा जस्तै धेरै जसो पुरुषहरु बिदेशमै गएर काम गर्ने र महिलाहरु आफ्नो घरको काम खेति गर्दै अनि आफ्नो लोग्नेको पर्खाईमा नै दिनहरु बिताईरहेका हुन्छन्। कतिको त बिहेगरेको ४ महिना पनि न बिट्दै श्रीमतीलाई छोडी बिदेश पलाएन भएकाहरु पनि यस गाऊँमा धैरै छन। कसैको लोग्ने बर्षमा एकपल्ट छुट्टिमा घर आऊँन्छन त कसैको त ४,५ बर्षमा पनि एक चोटी घरमा न आएकोले यहाँका चेलीबेटी आफ्ना श्रीमानको पर्खाई मै दिन बिताउन बाध्य भै रहेका छन। बिदेशमा बसी घरमा आफ्ना श्रीमती कस्तो हाल्तमा होलान् र के गरी बसेकी होलान भनी कतिले राम्रै केयर गरिरहेका पनि छन।
कतिले आफ्ना श्रीमतीलाई संका उपसंका गरी मानसिक तनाव प दिएर महिलाहरुलाई आफ्नो खुशिले बाँच्न पाउने अधिकार बाट पनि बंचित पारिरहेका यस गाऊँमा सुन्न र देख्न पाईन्छ। बर्षमा एक चोटि घर आऊँदा पनि आफु बिदेशमा हुन्दा आफ्नो श्रीमती अर्कैसंग पो लागेकी केही कुरापो लुकाई की भनी शंकाको दृष्टीले नहेका पनि हैनन्। केहि महिलाहरु त्यस्ता भयो पनि होलान तर एक जनाले गरे छ भन्दैमा त्यसको सजाय् निर्दोश महिलाहरुलाई पनि किन दिने..!
महिलाहरु भने आफ्नो लोग्ने बर्षमा एकचोटि घर आऊँदा केके नी ल्याईदेला आफुलाई भनी खुशि हुन्दै बसेकी हुन्थ्ये। तर घर पुग्न पाएको हुन्दैन बाटै बाट झगडा शुरु भने जस्तो हुन्थ्यो। यस्तै सिस्थितिबाट गुजरिरहेकी छिन आज परीको जिन्दगी पनि। जहाँ जिन्दगी नै बिरानो र खडेरी परे जस्तै भए पछि
केहि चिजको अपेक्षामा किन बाँच्ने,
महिनौ भै सक्यो उदास जिन्दगी अनी पिडामा बाँच्दै आएको।
साथिहरुको खीलल..खिल हाँसोले परी झसंग हुन्छि र
सोचको दुनिया बाट बाहिरिन्छ,
दायाँ हातले गालमा छोपिएका कपाल मिलाउदै
साथिहरु संगै हाँस्ने प्रयासमा मुश्कान ल्याऊन खोज्छ, तर
त्यो अधुरो मुश्कान सुस्तरी त्यहि बिलाउछ।
कसैको पर्खाईमा बस्दा तोलाउने अन्जान जस्तो हुने
त्यो त प्रकृतिको नियम नै हो नी हैन र…? मनमनै आफ्नै आत्मालाई सोध्छे….!,
हाँसो खुशि, मोज मस्ति,
अनी सुखी र आरामको जिन्दगी कसले चाहेको हुन्दै र तर
कति कुरा चाहेर पनि नहुने रै छ,
गाऊकी चेलीहरु जस्तै परीको पनि बिदेश गएका आफ्नो पतीलेकेही रुपैयाँ कमाएर ल्याएको हेर्न चाहेका थिई त
के नराम्रो सोचे र….।
सबैले ल्याई नै रहेको छ,
कतिले त काठमाण्डौमा घर जग्गा पनि किनिसके रे..!
साथिहरुको हाँसोले परीको सोचमा फेरी बाधा बनिदिन्छ।
साथमा परी पनि फेरी हाँस्ने प्रयास गर्छे
मुश्किलले ओठ खोल्दै अपुरो हाँसो….तर,
भित्रिमनको जलनले हाँसो दबाई दिनछ,
उता साथिहरु सबै खिलखिल.. हाँस्दै भलाकुसारी गर्दै आ-आफ्ना मनका कुराहरु राख्दै आज कसलाई के भने कुन केटालाई मुर्गा बनाईयो कसले आफुलाई फोन गरी जिस्क्याई आदी ईत्यादी भन्दै जिस्की बसिरहेकी थिए।
तर तिनीहरुले गरेका कुराले परीलाई हाँसाऊन भने सकेन, न
कुनै असर नै परे,
परी त आफ्नै सोचमा मगन थिई।
यो आजको मात्र कुरा हैन
यसरी नै गरी महिनौ भई सक्यो
दिनहरु बितिरहेका तर
आज भने अलि भढी नै मन हतास भै रहेको छ, परीको।
कतै केहि होला जस्तो,
प्रकृतिनै बेग्लै जस्तो,
चराहरु पनि आज बिरही बियोग र बेसुरा हुन्दै काराई रहेको जस्तै, खै,
के भएको हो परीलाई मात्र होकी
अरु लाई पनि यस्तै लागेको हो सोच्नै सकेको थिईन्।
अनी यस्तो अध्यारोमा पनि चराहरु
के चिरिचिरी गर्दै कराई रहेको होला..!
अरु बेला त
यस समय् सुनसानै हुन्थ्यो,”मनमनै यस्तै बरबराईन परी”
परीलाई आज चराहरुको आवाज पनि सुन बेसुरा लागिरहेको थियो।‘

सधै झै एका बिहानै उठी ‘परी’ कुचो लगाउदै थिई,
अँचानक अँखा नन्दको मोबाईल चार्जगरिरहेको ठाऊँ तिर पुगे छ,
किनकी मोबाईलको घन्टी off तर
बती भने झिमझिम बलिरहेको थियो,
सायद मोबाईल vibrating मा राखेकोले होला,
नजिकै पुगिसकेकोले नम्बर ठम्याउन गाह्रो पनि भएन, र
चिरपरीचित जस्तो पनि कतै देखेको जस्तो,
बायाँ हातले बिस्तारै मोबाईल समाउदै नजिकै ल्याई हेर्छे,
एएए….! यो नम्बर त उहाँकै हो नी,
किन मेरोमा न गरी नन्दकोमा गरेका होला…!,
परी, हत न पत कुचो त्यहि फ्याल्दै
आफ्नो कोठातिर दौडिन्छ,
अनि तकिया मुनी राखेको मोबाईल झिकि मिसकल छकि भनि हेर्छे तर
कुनै कलगरिरहेको हुन्दैन्,
मन मनै सोच्न थाल्छ के
उहाँ काठमाण्डौमा पुगि सकेको हो र…?
आफैलाई प्रश्न सोध्दै भुनभूनाऊदै कोठाबाट बाहिर निस्किनछे,

यसपाली घर आऊदा फर्केर जान मन लागेन भनी एक महिनाको बिदा लिई आएको पनि ५,६ दिन बढीनै बसेर गएका थिए, मैले नै कर गरि जानु पर्छ, यहाँ बसेर के कामगरी खाने, उता भै रहेको काम किन छाड्ने, भन्दै करगरी पठाएका थिए, सायद त्यसैले म देखी रिसाउनु भएको होला,’परीको मनमा अनेक राम्रा नराम्रा बिचारले पौडिखेलि सकेको हुन्छ,
परी,ले सोच्नै सकिरहेको हुन्दैन
के गरौ कसरी थाहा पाऊँ,
नन्दलाई सोधौ कि भनी उनको कोठातिर जान खोज्छ तर
फेरि मनमा बिचार आउछ, हैन
म किन सोध्ने उ आफै भनिहालछे नी,
दाईको फोन आएको छ भनेर
म मात्र किन झुक्ने..! मेलै के बिराएको छु र,
यस्तै सोच्दै त्यसदिन त्यसै बित्यो
तर परीको नन्दले परीलाई त्यस्तो केहिकुरा भनिनन्,
मनमा कौतुहलत्ता झन बढ्न थाल्छ।
काहाँ पुग्यो होला…?
सायद एर्पोटबाट कल गरेको होकि..!
या त्यहाँ बाट पनि हिडिसकेको हो।

साँझ तिर परी एक जना साथिको घरमा गई सबै कुरा भन्छे,
अनि उनकै मोबाईलबाट त्यस नम्बरमा फोन गरिन,
हेलो, ‘उटाबाट केटा बोलेको स्वर सुन्छ दुबै जनाले।“
हो.. परी, ‘दाईकै आवाज हो।‘
Hands free राखेर बोलेकोले त्यो आवाज परीले पनि सुनिसकेकी थिईन्।
कति बिधंम्बना गएको दुई महिना भएको छैन फेरि फर्केर किन आएको होला, बिदेश जानकोलागि कति मान्छेहरु आफ्नो घरबार धिटो राखी पैसा जम्मा गरि पनि भिषा आएन भनि कतिले जान पाईरहेको छैन, तर उहाँ भने गरिरहेको काम पनि छाडी नेपालमा के नै छ भनि फर्किन हतार,
आखिर किन हो..?
परीको श्रीमानले परीलाई माया गरको भने कि के भने हो, घर आउने बेला एक छिन छोडदैन रे, कहि जान पनि न दिने, परीलाई मोबाईल पनि बोक्न न दिने, त्यस्तो कडाईकासाथ बस्नु पर्ने रे, कोई केटा या केटीहरुकै मिसकल मात्र आए पनि कस्को हो को हो, फलानो सलानो भन्दै झग्दा गर्ने गर्थ्ये। त्यसैले होला यसपालि उटा गै सकेपछि पनि राम्रोसित फोन पनि गरेन, र गरेपनि त्यहि पुरानै कुरो,
कहिले काहि sms पठाए पनि त्यहि नचाहिने संका उपसंका मात्रै लेखी पठाऊने गर्थ्यो।

१२ बर्षका एक छोरा अनि एक छोरीकी आमा परी, आज छोरीको सानै छन्दा एउटा दुर्घटनामा मृत्यु भएका संझिंदा पनि मन दु:खी हुन्छिन्। त्यसबेला कौशिको बार पनि लगाएका थिएन, भखर घर बन्दै थियो, धानकाटेर सुकाउने बेला भएकाले अरु चेली बेटी जस्तै आफ्नो घरको छतमा धान सुकाउनामा ब्यस्त थिईन, तर कतिबेला छोरी माथि पुगीन परीलाई थाहै भएन, जब तल घरको चौकमा केहि खसेको आवाज कानले सुनी, तल हेर्दा आफ्नै सानी छोरी उतानो परि भूईमा पछारी रहेको देखिन। त्यतिबेला धेरै बेर भैसकेको थियो। छोरी माथी कौशिबाट तल खसीसकेको थियो। कति कोशिस गरे बाचाउन तर सबै असफल……।

अहिलेको बिहेहुनु भन्दा पहिले परीको बिहेको लागी एकजना ब्रिटिस लाहुरेका छोरासित कुरो चलेको थियो भन्थ्यो, तर त्यसलाई इन्कार गरी आमा बुबाको कुरा लत्याई आफैले Love गरेका केटासित आज भन्दा १३, १४ बर्ष पहिले भागी बिबाह गरेकी थिईन् परीले।
भागेर केहि दिन पोखरामा केटाको साथिको कोठामै बसेको रहेछ। त्यस्तो बेला पनि होटलमा न बसी साथिको कोठामा बस्न परेकोमा परीको मनले आज पनि सोच्न सकेको छैन, किन अर्का कोठामा राकेको रहेछ,
एउटा हातले आँखाको आँसु पुछ्दै अर्को हातले कुम बाट तल झरेको कुर्त्ताको शल मिलाऊँदै फेरी अतितका कुरा समर्ण गर्दै भन्छे….
आज पहिलेको कुरा संम्झिदा बेकारमा आमा बुबाको मन दुखाएको जस्तो पनि हुन्छ, बरु त्यो ब्रिटिस लाहुरेको छोरोसित बिहे भएको भए सायद यसरी आज कष्टप्रद र अतर्द्वदको जिन्दगि त बाँच्नु पर्दैन्थ्यो होला..?।
मनमा जति सुकै पिडादायी कुरो भएपनि भित्रै दबाई लुकाई राख्न परिरहेको छ,
आमा बुबालाई भनु,
कुन मुखले,
साथी संगीनीलाई भनु झन उनीहरुले हेप्छन,
सासु ससुरो नन्दको त कुरै न गरौ,
उनीहरु आफ्नो छोरा र दाई तिरको पक्ष न लिई
बुहारी भौजुको पक्षमा के बोली देला र।
के गरौ आज नियतीले भाग्य नै यस्तै बनाई दिए पछि
आफैले खनेको खाल्दोमा आफै पुरिए जस्तो भयो।
आज आफुले गरेको फैसला प्रति पश्चाताप गरेर के फाईदा…?

हुन पनि धेरै जसो आमा बुबाको कुरा नमानि आफैले रोजेका केटा सित बिहे गर्नेहरुको हालत परीको जस्तै भैरहेको छ। उनीहरुको न माईतीकोले राम्रो दृष्टीले हेरि दिन्छ न घरकोले नै। पहिले तिनएजको बेला आँखा देखिएन Love is bland भने जस्तै भैदियो, बिहे गरको १,२ बर्ष सम्म त Love marriage गरेको हामीले भनि साथिहरुको अगाडी भन्न पाउदा, सुन्दा त मिठो नै लाग्थ्यो। तर सत्य त्यहि हो जुन आज परीले भोग्दै छिन्।

परी, की श्रीमान नेपाल आएको हो होईन र परीलाई उनको श्रीमानले किन त्यसरी छल गरेको त्यस पछि के हुन्छ बाँकी जानकारी पछि….!
क्रमश:

बैंशमा पोइ नपाउँदा

३०-साउन-२०६६,शुक्रवार

पंक्तिकार सानै छँदा पश्चिमाञ्चलका पहाडी गाउँतिर एउटा लोकगीत असाध्यै चलेको थियो– भीरमा नजाऊ कसले तान्छ र, बैंश छँदा जाउँभन्दा मानिनौ, अब तिम्लाई कसले लान्छ र। ठिटाहरु अलि छिप्पिएका तरुनी देख्यो कि यो लयले व्यंग्य हानिहाल्थे। अनि बैंश हलक्कै हुँदा पनि बाबुआमाले बिहे नगरिदिएका वा बाबुआमाको इज्जत थाम्ने नाममा लान्छु भन्ने ठिटाको पछि लाग्न नसकेका तरुनीहरुले यो गीतको व्यंग्यमा कि आँखा तर्थे, कि त पछ्यौरीले मुख छोपेर दौडिन्थे।अति भएपछि कतिपय तरुनीले त मुखै छाड्ने र ठिटाहरुलाई ढुंगाले बर्साउनेसमेत गर्थे। पंक्तिकारलाई लाग्थ्यो, ठिटाहरुले तरुनीलाई हेपेर जथाभावी जिस्काउँछन्। तर, उमेरसँगै पो बुझ्न थालियो, उमेर पुगेका तरुण तरुनीको मनोदशा, अनि लाग्यो, ठिटाहरुले अन्याय गरेका होइन रहेछन्।
साँच्च नै, बैंशमा बिहे नगर्नेहरुको मनोदशा अति नै कुण्ठित प्रकारको हुँदोरहेछ। चाहे ती पुरुष हुन् वा महिला, उनीहरुभित्र बैंशमा विपरीत लिंगीसँग खेल्न नपाएको कुण्ठा, यौनको कुण्ठा अनि सन्तानको कुण्ठा जस्ता अनेकांै कुण्ठा भरिएको हुँदोरहेछ। व्यक्त गर्ने, नगर्ने भन्ने मात्रै फरक हो, तर कुण्ठा त उस्तै उत्तिकै हुँदोरहेछ। बैंशमा बिहे नगर्दाको मनोदशालाई निसंकोच पस्कनेमा पर्छिन्, गायिका कोमल वली। कोमल वली उमेरले सायद अब ४० को आसपास पुग्न लागिन् होला। आफ्ना दमालीका सन्तानले स्कुल पढाई सक्नै लागेको देख्दा उनलाई पुरुषोत्तम न्यौपानेको गीतले व्यंग्य गर्दो हो– मेरा साथी छोराका बाउ भए, तिम्रा साथी कतिका माउ भए, अब त आँटम् भो डाँडै काटम् भो। सायद उमेर ढल्के पनि डाँडो काट्ने रहरले नेपाली समाजकी यी सेलिब्रेटीलाई छाडेको रहेनछ, त्यसै भएर होला कोमलले यसपाली पनि आफ्नो मन यसरी पोखेकी छन्– खल्तीमा गाँठ भा’को, मनमा आँट भा’को, यत्तिको मर्द भेटिएन कोई। उनको यो गीत सुन्दा लाग्छ, पोहोर साल ‘पोइल जान पाम, शिव पोइल जान पाम’ भनी गरेको पुकार भगवानले सुनेछन् क्यारे। अलिअलि गाँठ र अलिअलि आँट भा’को मान्छे उनका शब्दमा मर्द भेटिन्छन्। तर, उनले मर्द भेटे नभेटेको कुरा अर्को तीजतिर थाहा होला। किनभने उनले कोइसँग लगनगाँठो बाँधिन् भने अर्को तीजमा त्यसको अनुभव खुलाउलिन्।
गायिका कोमल मात्रै होइन, एउटा निजी टेलिभिजन च्यानलको लोकगीतसम्बन्धी कार्यक्रमकी प्रस्तोता एवं लोकगीतका म्युजिक भिडियोकी सिकाऊ मोडलले पनि यसपालीको तीजमा गीतमार्फत् आफ्नो कुण्ठा पोखेकी छन्। उमेरले कोमलको झैं नेटो काटि नसकेको भए पनि उनले पनि बैंशको अनुभव गर्न पाएकी रहिनछन्। तन र मनले सधैं पुरुषभन्दा अर्थोक नखोज्ने उमेरमा पनि एक्लो अनुभूति महसुस हुनु बैंश फक्रिएकी तरुनीका लागि निर्मम पीडा हो, जुन पीडा सबैभन्दा मार्मिक हुन्छ। रुपको अहंकार वा चर्चाको, सफलताको अहंकार वा बाबुको सम्पत्तिको अथवा आत्मकेन्द्रित प्रवृत्ति वा बढी चुजी हुनुको शिकार भएका यस्ता युवतीहरुको संख्या नेपाली समाजमा बढ्दो क्रममा छ। बैंश घर्किएपछि न पोइल जान्छु भनेर पाइन्छ, न डाँडो काट्नु भनेर। त्यसैले, बेलैमा बुद्धि पुर्या उनु बेश। नत्र जिन्दगी भोकमा पाइनँ भुटेको मकै, बैंशमा पाइनँ पोई भन्या जस्तो होला। सबै कुराको महत्व सधैंभर हुँदैन भन्छन्।

श्रोत: weeklynepal.com