महिलाबीच घेरिएका एक पुरु

imagephp
ए.क सातादेखि नारी टिमले डा. भोला रिजाललाई भेट्न खोजिरहेको थियो । उनी पनि समय दिन चाहिरहेका थिए । यद्यपि रिजालको कामको चाप यति धेरै थियो कि हाम्रो समय सरिरह्यो । देशका सबैभन्दा चर्चित एवं व्यस्त स्त्री तथा प्रसूति रोग विशेषज्ञलाई भेट्नु कठिन काम पनि हो ।

व्यस्तताका बाबजुद गत महिनाको एउटा शनिबार उनले समय दिए । बिहान दिएको समयमा भेट्ने क्रम मिलाउँदा-मिलाउँदै दिन बित्यो । एउटा गोष्ठी र आफ्नै एल्बमको रेकर्डिङ सकेर हतार-हतार घर फर्किएका डा. रिजालले हामीलाई देख्नेबित्तिकै भने, ‘सरी है, मेरो जीवन त यस्तै छ ।’

बिहान साढे ४ बजे उठ्ने डा. रिजाल नुवाइधुवाइ गरी भगवान्सँग आशीर्वाद माग्छन् । त्यसपछि श्रीमतीले बनाएको ब्रेकफास्ट खाई ६ बजे ओम अस्पताल पुग्छन् । सवा ६ बजे अप्रेसन गरेका बिरामी हेर्छन् । ७ बजेसम्म राउन्डमा बिरामी हेरिसक्छन् । राउन्डका बिरामी हेरेपछि ७ बजे अप्रेसन गर्ने कोठामा जान्छन् । उनी दिनहुँ सुत्केरी तथा अन्य गरी २० वटाजति अप्रेसन गर्छन् । पेट फुटेका, शिशु जन्माउन नसकेका बिरामी डा. रिजालकहाँ आउँछन् । कहिलेकाहीँ त बिरामीको उपचार गर्दागर्दै खान पनि बिर्सन्छन् । भ्याएको बेला बिहानको खाना अस्पतालको क्यान्टिनमा खान्छन् । शनिबारको दिन मात्र घरमा खान भ्याउँछन् । मेसिनजस्तै व्यस्त डा. रिजाल खानुभन्दा पनि बिरामीको उपचार गर्नु ठूलो कुरा भएको बताउँछन् । महिनौंअघि नाम लेखाएर उपचारका लागि आएका बिरामीको भीड ओपिडीमा लाग्छ । दिउँसो १२ बजेपछि उनी ओपिडीमा बिरामी जाँच्छन् । यसो गर्दागर्दै बेलुकाको ५ बज्छ । त्यसपछि पुनः अप्रेसन गरेर बसेका, अन्य समस्या परेर भर्ना भएका बिरामीलाई राउन्डमा हेर्छन् । यत्तिकैमा बेलुकाको ७ बज्छ । व्यस्तताले गर्दा अस्पतालमा केही मिटिङ राख्नुपरे बेलुका ७ बजेतिर राख्छन् । भर्खरै मात्र उनी नेपाल मेडिकल कलेजको अध्यक्ष भएका छन् । समय मिलाएर त्यहाँ पनि जान्छन् ।

मिटिङ नभएको र भेटघाटमा जानु नपरेको बेला ७ बजेसम्म उनी घर पुग्छन् । बेलुकीको खाना प्रायः घरमै खान्छन् । केही बेर टेलिभिजनमा समाचार तथा अन्य कार्यक्रम हेरेपछि भोलिका लागि बिरामी उपचार गर्ने कल्पना गर्दै निदाउँछन् ।

बाल्यावस्था र शैक्षिक अवस्था

डा. भोला रिजाल २००४ साल कात्तिक १४ गते धरान, सुनसरीमा जन्मिएका हुन् । उनका बुवाको नाम जननीप्रसाद रिजाल तथा आमाको नाम पूर्णमाया रिजाल हो । जेठा छोरा डा. रिजालका २ दिदी, १ भाइ र १ बहिनी छन् । उनको भाइको मृत्यु भैसकेको छ ।

त्यतिबेला पढ्ने विद्यालय त्यति धेरै थिएनन् । डा. रिजालका जिजुबुवा धु्रवलाल रिजाल दूरदर्शी एवं शिक्षाप्रेमी थिए । उनमा नखाएर भए पनि छोरा-नातिलाई पढाउनुपर्छ भन्ने मान्यता थियो । नेपालमा राम्रा शिक्षक नपाउँदा पनि भारतबाट शिक्षक झिकाएर पढाउँथे । खाना खानु ठूलो कुरा होइन, पढ्नु ठूलो कुरा हो भन्ने सिद्धान्तमा अडिग उनका जिजुबुवाकै कारण रिजाल परिवारका छोरा-नाति सबैले शिक्षित हुने मौका पाए । पढाए पछि गरिखान सक्छन् भन्ने सोच उनको जिजुबुवामा थियो । फलस्वरूप आज उनका सबै छोरा-नाति विभिन्न क्षेत्रमा राम्रो ठाउँमा छन् । डा. भोला रिजाल वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भैहाले । उनका ठूला बुवाका छोरा गीतकार कालिप्रसाद रिजाल धनकुटा कलेजका फाउन्डर पि्रन्सिपल हुन् । गंगा रिजाल पाइलट छन् । सरोज रिजाल अर्थोपेडिक्स सर्जन हुन् । विष्णु रिजाल नाक, कान, घाँटीका चिकित्सक छन् । स्व. चिरञ्जीवी रिजाल उप-सभामुख भएका थिए । यसरी रिजाल परिवारका छोरा-नाति ठूला-ठूला पदमा पुगेको कुरा डा. रिजाल गर्वका साथ सुनाउँछन् ।

डा. रिजालको स्कुले जीवन धरान तथा विराटनगरमा बित्यो । धरानमा उनका गुरु हरिहर झा थिए । गुरुले उनलाई असाध्यै माया गर्थे । त्यस्तै राजेन्द्र तथा रेवती सर पनि त्यतिबेलाका राम्रा गुरु भएको उनी सम्झन्छन् । उनले विराटनगरको आदर्श विद्यालयबाट एसएलसी दिए । उनी औसत विद्यार्थी थिए । उनले एसएलसी दिनुअघि १७ सालमा जिजुबुवाले सबै छोरालाई अंशबण्डा गरिदिएर आफू काशीवास जाने निर्णय गरे । डा. रिजाल मनपर्ने नाति भएकाले काशीवास जानुअघि नै भोलाको विवाह गरिदिने उनको अडान थियो । उनी सम्झन्छन्- ‘जिजुबुवाको अगाडि विवाह गर्दिन भन्न आँट आएन ।’ डा. रिजाल बाल्यावस्थामा असाध्यै सज्जन, ज्ञानी, जहाँ राख्यो त्यहीँ बसिरहने स्वभावका भएकाले उनका जिजुबुवाले उनको नाम भोला राखिदिएका थिए । यसरी माया गर्ने हजुरबुवाले विवाहको कुरा गर्दा उनले नाईं भन्न सकेनन् र हजुरबुवाको इच्छाबमोजिम धरानकी सरला घिमिरेसँग उनको विवाह भयो । विवाह गर्दा उनको उमेर १५ वर्ष थियो भने सरला मात्र १२ वर्षकी थिइन् ।

विवाहपछि उनले एसएलसी दिए । एसएलसी उत्तीर्ण भएपछि उनी आइएस्सी पढ्न हजुरबुवासँगै बनारस गए । आदर्श विद्यालय बनारसमा माइला बुवाका छोरा तिलक र उनी सँगै आइएस्सी पढ्न थाले । आइएस्सी पूरा गरेपछि डा. रिजाल काठमाडौं आए । एमबीबीएस अध्ययनका लागि ढाका जान डा. रिजाल काठमाडौं आएका थिए । ढाका जान छनोट भए पनि बर्माको बाटो हुँदै ढाका जानुपर्ने थियो । बर्मामा युद्ध भएकाले जिजुबुवाले नजा भनेकाले उनले २०२३ सालमा त्यो सिट गुमाए । त्यही सिटलाई २०२४ सालमा ट्रान्सफर गरेर उनी ढाका पढ्न गए । २०३० सालमा ढाकामा एमबीबीएस सिद्धिएपछि नेपाल आए । ढाकाबाट आएको ३-४ महिना विराटनगर अस्पतालमा काम गरे । त्यसपछि तौलिहवा, राजविराज, इलाम, ताप्लेजुङ, सोलु, सल्लेरी, संखुवासभा, धनकुटा आदि ठाउँमा उनले बिरामीको सेवा गरे ।

डा. रिजाल २०३६ सालमा थप अध्ययनका लागि ढाका गए । नेपालमा राम्रो स्त्री तथा प्रसूति रोग विशेषज्ञ आवश्यक देखेर नै उनी यो विषयतर्फ आकषिर्त भएका थिए । काममा दत्तचित्त भएर लागिपरे मात्र राम्रो गर्न सकिन्छ भन्ने उनको धारणा थियो । राजविराज, तौलिहवाजस्ता ठाउँका महिला पनि महिला चिकित्सकभन्दा उनीसँगै उपचार गर्न चाहन्थे । त्यसले पनि उनलाई स्त्री रोग विशेषज्ञ बन्न थप सहयोग मिल्यो ।

नेपालबाट तत्कालीन राजपरिवार, प्रध्ाानमन्त्री, मन्त्री वा अन्य विशिष्ट व्यक्ति बंगलादेश पुग्दा डा. रिजाललाई पनि बोलाइन्थ्यो । सबै नेपाली कार्यक्रममा उनी सामेल हुन्थे । पढाइमा होस् वा अन्य कार्यक्रम, उनी निकै अगाडि थिए । नेपाली विद्यार्थीले ढाकामा राम्रो पहिचान बनाएको डा. रिजाल गर्वका साथ भन्छन् । पछिल्लोपटक ढाका जाँदा उनी धेरैजसो समय श्रीमतीसँग बसे । २०३९ सालमा पढाइ सिध्याएर नेपाल फर्किए । सरकारी जागिरमा छँदा उनी ढाका पढ्न गएका थिए । फर्किनु १५ दिनअघि उनको सेवा समाप्त गरिएको थियो । त्यसपछि सिधै शिक्षण अस्पताल महाराजगन्जमा लेक्चररको जागिर पाए । लगत्तै एसोसिएट प्रोफेसर र एसिस्टेन्ट डिन पनि भए ।

२०४६ सालमा शिक्षण अस्पतालको निर्देशक डा. रिजाल नै थिए । आन्दोलन पनि उनकै पालामा भएको थियो । सुन्दरीजल काण्ड पनि त्यही बेलामा भएको थियो । क्रान्तिकारीको लास प्रहरीबाट खोसेर उनीहरूले लगेका थिए । त्यसपछि रातको साढे दुई बजे डा. रिजाललाई बालुवाटार ल्याइयो । त्यहाँ आफूले मेडिकल आन्दोलन नगरी राजनैतिक आन्दोलन गरेको अवगत गराए । ०४६ सालको आन्दोलनमा सबैभन्दा राम्रो भूमिका शिक्षण अस्पतालले खेेलेको उनले बताए ।

उनले शिक्षण अस्पतालमा झन्डै ९ वर्ष काम गरे । ४६ सालपछि त्यहाँ प्राक्टिसिङ र नन प्राक्टिसिङको झगडा सुरु भयो । उनी र उनकी श्रीमती श्रीलंका गएका थिए । एउटा कार्यक्रममा भाग लिन देशको प्रतिनिधि भएर गएका डा. रिजाल स्वदेश आउँदा जागिर सस्पेन्स गरिएको थियो । त्यसपछि डा. विहारी लाल श्रेष्ठ, सानुमाया दली र उनले राजीनामा दिए ।

२०४६ सालमा उनले डा. मधु घिमिरे, डा. गोविन्द शर्मा, डा. ध्रुव मुडभरी, डा. गुरु ढकाल तथा डा. आनन्दसँग मिलेर कमलपोखरीमा ओम अस्पताल स्थापना गरे जसलाई २०५८ सालमा चाबहिल सारियो । अहिले ओम अस्पतालमा मुटु रोगबाहेक सबै सेवा उपलब्ध छ । १ सय ७५ सिट क्षमताको ओम अस्पताल निजी स्तरको ठूलो अस्पताल हो ।

चिकित्सकीय कथा

डा.भोला रिजाललाई जीवनमा घटेका अनेकौं घटनाले यो बाटोमा डोर्‍यायो । उनी १० वर्षको हुँदा परिवारसहित इटहरीमा बस्थे । गाउँभरि १० घर थिए । ती सबै घर खरका थिए । एक रात गाउँमा लागेको आगोले सबै घर जले । घरसँगै धेरै मानिस पनि जले । भोला रिजाल त्यो बेला गाउँलेको उपचार गर्ने साना डाक्टर बने । शरीर जलेर घाइते भएकालाई उनले नजिकैको स्वास्थ्य चौकीबाट औषधि ल्याएर बाँडे । उनको सहयोग देखेर रिजालका बुवालाई घाइतेले तिम्रो छोरा एकदिन ठूलो डाक्टर हुन्छ भनेका थिए । त्यो समयमै उनलाई स्थानीय बासिन्दाले ‘छोटे डाक्टर’ भनेर बोलाउँथे । उक्त घटनापछि उनमा चिकित्सक हुने इच्छा जाग्यो । त्यही घटना उनका लागि प्रेरणास्रोत पनि बन्यो ।

उनलाई स्त्री रोग विशेषज्ञ भने आफ्नी श्रीमतीलाई परेको अप्ठ्यारोले बनायो । २०३५ सालको कुरा हो । त्यो बेलामा डा. रिजाल राजविराजमा थिए । श्रीमतीलाई सुत्केरी बेथाले च्याप्यो । बेथाले मृत्युको रूप लिन खोजिसकेको थियो । एनेस्थेसिया र अप्रेसनका लागि कोही तयार भएनन् । राजविराजमा भएका चिकित्सकलाई डा. रिजालले एनेस्थेसिया म दिन्छु तपाईं अप्रेसन गर्नुहोस् भन्दा पनि आँट गरेनन् । केही सीप नलागेपछि राति १२ बजे अञ्चलाधीश महेश उपाध्यायको गाडीमा श्रीमतीलाई विराटनगर अस्पताल लगे । त्यहाँ पुर्‍याउँदा उनकी श्रीमतीको शरीरको तापक्रम १ सय ६ डिग्री पुगिसकेको थियो । सुरुमा डराए पनि डा. रिजालले आश्वासन दिएपछि डा. कस्तूरी मल्ल एवं विमला अर्यालले उनकी श्रीमतीको उपचार गरे । एनेस्थेसिया डा. विजय शर्माले दिएका थिए । शिशु बाँच्छ भन्ने थिएन, आमालाई बचाउनु नै ठूलो कुरा थियो । संयोगवश आमा एवं शिशु दुवै बाँचे । त्यस्तो घटनाबाट जन्मिएकाले कान्छो छोराको नाम प्रलय राखेको डा. रिजाल बताउँछन् । यो घटनाले उनलाई स्त्रीरोग विशेषज्ञ बन्ने प्रेरणा प्रदान गर्‍यो । २०३५ सालमा कान्छा छोराको जन्म भयो । त्यसपछि २०३६ सालमा पोस्ट ग्य्राजुएट गर्न उनी फेरि ढाका गए । श्रीमतीलाई परेको घटनाले उनलाई स्त्री रोगमा पोस्ट ग्य्राजुएसन गर्ने इच्छा थियो । शुभचिन्तकसँग पनि पढ्ने विषयमा पनि सल्लाह मागे । धेरैले उनलाई स्त्री रोग विशेषज्ञ नबन्न सल्लाह दिए । उनीभन्दा अघि एकजना पुरुष स्त्री रोग विशेषज्ञ थिए । उनी धेरै दिन टिक्न नसकेर बेलायत गएका थिए । त्यसैले डा. रिजालका शुभचिन्तकले पनि उनलाई स्त्रीरोग विशेषज्ञभन्दा अरू नै विषय पढ्ने सल्लाह दिएका थिए तर डा. रिजाल आफ्नो इच्छामा अडिग रहे । उनले श्रीमतीबाट पनि स्त्रीरोग विशेषज्ञ बन्ने सल्लाह पाए ।

कामको सिलसिलामा राजविराज बस्दा पनि उनले राम्रै प्रतिक्रिया पाएका थिए । घुम्टो ओढ्ने त्यो समाजका महिला पनि महिला चिकित्सकभन्दा उनीसँगै उपचार गर्न मन पराउँथे । यसले गर्दा पनि उनलाई स्त्री रोग विशेषज्ञ बन्न थप ऊर्जा मिल्यो । राम्रो सेवा दिए महिला पुरुष भन्ने हुँदैन भन्ने उनको धारणा छ । हालसम्म उनले ५० हजारभन्दा बढी महिलाको उपचार गरिसकेका छन् ।

सामाजिक कार्य

चिकित्सकको जीवन नै सामाजिक काममा बितेको हुन्छ । बिरामीको सेवा गरेर नयाँ जीवन दिने चिकित्सकका लागि त्यो भन्दा ठूलो सामाजिक सेवा के नै हुन सक्छ र ? यसका अतिरिक्त विभिन्न संघसंस्थामार्फत् उनले अनेकौँ सहयोग गरेका छन् । डा. रिजाल स्वामी कमल नयनाचार्य मुक्तिनाथ पीठाधीश्वरमा २०५८ सालतिर अस्पताल निर्माण गरेका छन् । त्यो ट्रस्टमा डा. रिजालकी श्रीमती पनि संलग्न छिन् । उनी उक्त अस्पतालका लागि निःशुल्क औषधि उपलब्ध गराउँछन् । आफू पनि समय-समयमा गएर बिरामीको उपचार गर्छन् । डा. रिजालले वर्षको एकपटक छालिङ, मातातीर्थ, मुग्लिङ तथा मनकामनामा मेडिकल क्याम्प राखेर बिरामीको निःशुल्क उपचार गर्ने गरेका छन् ।

फिटनेस

डा. रिजाल बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म व्यस्त रहन्छन् । यति व्यस्त भएपछि फिटनेसका लागि कुनै उपकरण आवश्यक नभएको उनको ठहर छ । ६२ वर्षको उमेरमा पनि उनी उत्तिकै फुर्तिला छन् । उनी शरीर तथा अनुहार मनको दर्पण हो भन्ने विचार राख्छन् । जब कुनै पनि मानिसको मस्तिष्कमा परोपकार गरौं भन्ने कुरा आउँछ तब ऊ खुसी हुन्छ । सकारात्मक सोच राख्नुपर्छ । कुनै पनि कुरा यसो गर्छु भनेर बोलेर मात्र हुँदैन, पूरा गर्नुपर्छ । मेरा यी हात सधै अर्काका लागि काम लागून् भन्ने सोच राख्नुपर्छ । बुद्धिले भ्याएसम्म अरूको सहयोग गर्नुपर्छ, कसैको कुभलो चाहनु हुँदैन । फिटनेस त्यसै कायम रहन्छ ।

डा. रिजाल बस्दा कहिल्यै कुप्रो भएर बस्दैनन् । केही वर्षअघि राजविराजमा हुँदा बाकस उठाउने क्रममा डिस्क प्रोल्याप्स भयो । केही समय ट्रेडमिल प्रयोग गरे पनि अहिले गरेका छैनन् । पहिले डा. सौभाग्यमान मल्ल र उनी भएर आधा घन्टा मर्निङ वाक गर्थे । बाटाबाटामा हत्याका घटना हुन थालेपछि उनले मर्निङ वाक छाडे । कुनै योगको कार्यक्रम तथा धार्मिक प्रवचन छ भने भ्याएसम्म पुग्छन्  ।

एक व्यक्ति अनेक रुचि

८-९ वर्षको उमेरदेखि नै डा. रिजाललाई गायन तथा लेखनमा रुचि थियो । उनका बुवा पनि कुशल कवि थिए । घरमा पाहुना आउँदा होस् वा गीत सुन्न मन लागे बुवा तथा जिजुबुवाले गीत गाइदे भन्थे । त्यसले गर्दा पनि उनलाई ऊर्जा मिल्थ्यो । ५ कक्षादेखि नै गोष्ठीमा भाग लिन्थे । उनी हप्तैपिच्छे पुरस्कार जित्थे । पुरस्कारमा उनले कलम, पेन्सिल तथा कापी पाउँथे । आफूले पाएको पुरस्कार धेरै भएर अरूलाई पनि बाँड्थे ।

डा. रिजालले अहिलेसम्म ११ वटा एल्बम निकालिसकेका छन् । उनी वर्षको एक, दुईवटा एल्बम निरन्तर निकालिरहेका छन् । मानसरोवर फिल्मस् प्रालिबाट ९ वटा चलचित्र निर्माण गरिसकेका छन् । गौंथली, छोरी-बुहारी, साथी आदि चलचित्रका परिकल्पनाकार तथा निर्देशक डा. रिजाल नै हुन् । २४ घन्टा बिरामीको सेवामा लागिरहने डा. रिजालले कुन समयमा लेख्न भ्याउँछन् भन्ने जिज्ञासामा उनी जुन बेला मनमा फुर्छ त्यही बेला टिप्ने गरेको बताउँछन् । बिरामीको पीडामा, सन्तान नहुनेको पीडामा, देशको अवस्था वा जुनसुकै विषयमा पनि उनले गीत लेख्ने गरेका छन् । कहिलेकाहीँ बिरामीको उपचार गर्दागर्दै गीत फुरे सहयोगीलाई टिप्न लगाउँछन् ।

डा. रिजालले विराटनगरमै हुँदा स्व. माधव सापकोटा, यादव सापकोटा आदि मिलेर ‘हिमकला मन्दिर’ नामक संस्था खोलेका थिए । डा. रिजाल, लक्ष्मीनाथ शर्मा, गंगा रिजाल, प्रभु श्रेष्ठ, विजय थापा आदि साथी मिलेर नाटक तथा सांस्कृतिक कार्यक्रम देखाउँथे । उनीहरू १६-१७ जनाको समूह थियो । महिनामा एकपटक नाटक देखाउँथे । बनारसको बीएचयुमा पनि आफूहरूले नाटक देखाएको डा. रिजाल बताउँछन् । यही नाटक देखाउने कलालाई उनीहरूले ढाका पढ्दा पनि निरन्तरता दिए । त्यहाँका विभिन्न मेडिकल कलेजमा पनि धेरैपटक उनीहरूले नाटक देखाए । उनी बंगाली भाषामा पनि गीत सुनाउँथे ।

राजनीतिप्रतिको धारणामा डा. रिजाल भन्छन्- ‘राजनीतिप्रति वितृष्णा छैन तर अहिलेका राजनीतिज्ञले जनताको जीवनसँग खेलवाड गरेका छन् ।’ राजनैतिक खिचातानीले देशको भविष्य नराम्रो भएको उनको ठहर छ । यहाँको राजनीतिज्ञको भविष्य ठीक छैन । यही रवैया रहने हो भने उनीहरूलाई कसैले बाँकी राख्दैनन् । राजनीतिमा लाग्ने नलाग्ने इच्छा ममा छैन । मेरो जीवन नै ममाथि छैन । मैले नियन्त्रण गरेर हुँदैन । भोलि देशलाई वा जनतालाई कुनै पनि क्षेत्रमा मेरो आवश्यकता पर्‍यो भने म त्यहाँ पुग्नुपर्छ, गर्नुपर्छ । विचार नभए पनि भोलि जनताले उनको राजनीतिमा आवश्यकता देखे आफू राजनीतिमा लाग्न सक्ने कूटनीतिक जवाफ उनले दिए ।

गीत, साहित्य, राजनीतिजस्तै उनको रुचि खेलकुदमा पनि छ । २०१७ सालमा विराटनगर आएका डा. रिजाललाई बिस्तारै खेलकुदमा पनि रुचि बढ्न थाल्यो । उनले बी डिभिजन फुटबल खेले । लङजम्प, हाइजम्प पनि उनलाई मनपर्ने खेल हुन् । साइक्लिङको प्रतिस्पर्धा हुँदा उनी पुरस्कार पाउँथे । अहिले रुचि भए पनि व्यस्तता तथा उमेरका कारण खेलकुदलाई समय दिन सकेका छैनन् ।
NEPAL
नेपालमा टेस्टट्युब बेबीको थालनी

नेपालमा धेरै निःसन्तान दम्पती छन् । एकातिर शिशु जन्माएर सडकमै फालेर हिँड्ने आमाहरू पनि छन् भने अर्कातिर सन्तान नहुनुको पीडाले छटपटिने आमाहरू पनि छन् । सामाजिक बोझले गर्दा आमाहरू आफ्ना सन्तान फाल्न बाध्य हुन्छन् । भोक लागेको बेलामा खानेकुरा खाएर भोक मेटाउन सकिन्छ । सन्तानको भोक मेटाउन सन्तान नै चाहिन्छ । नेपालमा कुनै पनि आमाले निःसन्तान भएर छटपटिनु नपरोस् भन्ने मान्यता डा. रिजालको छ । यसले गर्दा सन्तान नहुनेहरूका लागि २०६० सालमा डाक्टर रिजालकै सक्रियतामा ओम अस्पतालमा ‘टेस्टट्युब बेबी’ प्रविधि भित्रिएको छ । यसले धेरै निःसन्तान दम्पतीलाई सन्तान दिएको छ । यहाँ पहिलोपटक ४४ वषर्ीया सन्ध्या तामाङको कोखबाट ओममणि तामाङको जन्म भएको थियो । आउँदो जुलाई महिनासम्म ओम अस्पतालले २ सय जना टेस्टट्युब बेबीलाई जन्म दिइसकेको हुनेछ ।

टेस्ट ट्युबबाट शिशु जन्माउन श्रीमान् श्रीमती दुवैको भूमिका रहने डा. रिजाल बताउँछन् । यसमा श्रीमान्मा शुक्रकीट नभए अर्को पुरुषबाट लिन सकिन्छ । श्रीमतीको अण्ड तयार नभए अरुबाट अण्ड तयार गर्न सकिन्छ । प्राकृतिक यौन सम्पर्कबाट शिशु जन्माउने तथा टेस्टट्युब प्रविधिबाट शिशु जन्माउने प्रविधि एउटै हो ।

गर्भपतनलाई कानुनी मान्यता

नेपालमा पहिलोपटक गर्भपतनलाई कानुनी मान्यता दिनुपर्छ भनेर आवाज उठाउने डा. रिजाल नै थिए । त्यसअघि गर्भपतन गर्न कोही अस्पताल जाँदैनथे । उनीहरू अञ्जानमै असुरक्षित गर्भपतनमा लाग्थे । यसो गर्दा धेरै निर्दोषहरूको ज्यान जान्थ्यो । गर्भपतनलाई कानुनी मान्यता दिनुअघि कति आमा हुन लागेका निर्दोषहरू मर्थे भने कति गम्भीर स्वास्थ्य समस्यामा पर्थे ।

तोडफोडको संस्कृति

अहिले सबै क्षेत्र विकृत भैरहेको छ । यसो हुनुको पछाडि शिक्षाको अभाव रहेको डा. रिजाल बताउँछन् । कहिलेकाहीँ अस्पतालको लापरबाहीले बिरामीको मृत्यु हुन्छ भने कहिले रोगका कारण बिरामी मर्छन् । बिरामीको मृत्यु भए अस्पताल तोडफोड गर्ने प्रवृत्ति बढ्दो छ । त्यसपछि बिरामीका आफन्तलाई क्षतिपूर्ति दिने परिपाटी छ । त्यस्तो क्षतिपूर्ति बाध्यताले गर्दा दिनुपरेको डा. रिजाल बताउँछन् । डाक्टर भगवान् होइनन् भन्ने मान्यता उनको छ । कुनै पनि चिकित्सकले बिरामीलाई मार्ने उद्देश्य राखेका हुँदैनन् । उपचार गर्दागर्दै बिरामीको मृत्यु हुन्छ । आफन्तले आवेेशमा आई अस्पताल तोडफोड गर्दा करोडौंको नोक्सान हुन्छ । त्यो समयमा केही रकम क्षतिपूर्ति दिएर बच्नुको विकल्प हुँदैन । देशमा विधिको शासन नभएकाले यस्तो भएको डा. रिजाल बताउँछन् ।

डा. रिजालको रोजाइ जनावर गाई

पर्यटकीय स्थल मुस्ताङ
समकालीन साथी प्रभु श्रेष्ठ, लक्ष्मीनाथ शर्मा
नायक राजेश हमाल
नायिका गौरी मल्ल
गायक रामकृष्ण ढकाल
गायिका अञ्जु पन्त
चलचित्र सुन्दर मेरो नाम
संगीतकार शम्भुजित बाँस्कोटा
चरा ढुकुर-जुरेली
विदेश बंगलादेश
टेलिभिजन
कार्यक्रम समाचार, तीतो सत्य, जिरे खुर्सानी तथा मेरी बास्सै ।

जीवनसाथी
yong-bhola

विवाहको कुरा चलेपछि डा. रिजालका काका र पण्डित केटी माग्न गएका थिए । सुरुमा घरकी सबभन्दा कान्छी छोरी पढ्दैछ भनेर विवाह गरिदिन मानेनन् । रिजाल परिवार ठूलो छ, धेरै दुःख गर्नुपर्छ, काम गर्न सक्दिन भनेर सरलाको परिवारबाट विवाह गर्न मानेका थिएनन् । पछि राम्रो परिवारबाट कुरा आएको छ भनेर विवाह गर्ने निर्णय भयो । २०१९ साल असार ४ गते धरानकी सरला घिमिरेसँग डा. रिजालको विवाह भयो । विवाह गर्दा सरला १२ वर्षकी थिइन् भने डा. रिजाल १५ वर्षका मात्र थिए । डा. रिजालले श्रीमतीलाई पहिलोपटक देखेको पनि त्यही बेला थियो । विवाहको बेला डा. रिजालले जग्गेबाट भाग्ने निर्णय गरेका थिए तर स्वयम्वरको बेलामा सरलाको निर्दोष र कोमल अनुहार देखेपछि हेरेको हेर्‍यै भए ।

विवाहपछि डा. रिजालले अध्ययनलाई निरन्तरता दिँदै वरिष्ठ स्त्री रोग विशेषज्ञ बन्न सफल भए । उनकी श्रीमतीले भने ७ कक्षासम्मको अध्ययनमै सीमित रहनुपर्‍यो । यद्यपि विवाहअघि पढाउँछु भनेर विवाह गरेका थिए । डा. रिजाल अध्ययनको सिलसिलामा धेरैजसो बाहिर भए । त्यो जमानामा ठूलाबडाको अगाडि कुरा गर्न सकिँदैनथ्यो । त्यसले गर्दा पनि सरलाको पढाइ रोकियो । विवाह भए पनि एक-डेढ वर्षसम्म उनीहरूको बोलचाल भएन । त्यो बेलाको समाज नै त्यस्तै थियो । सँगै बसे पनि बोलचाल भने भएको थिएन । विवाह भएको डेढ वर्षपछि मात्र उनीहरूको बोलचाल भयो । श्रीमान्-श्रीमती एक-अर्काका अगाडि बोल्न धक मान्थे । विवाहअघि माइतीमा केही काम नगरेकी सरला विवाहपछि घरमा चुपचाप सबै काम गर्थिन् । घर हो मैले काम गर्नुपर्छ भन्ने भावना त्यो बेला आफूमा आएको श्रीमती सरला रिजालले बताइन् ।

विवाहपछि एसएलसी उत्तीर्ण भएर डा. रिजाल आइएस्सी पढ्न बनारस गए । बेलाबेलामा उनी श्रीमती भेट्न घर आउँथे । आइएस्सी सिद्धिएपछि ढाका पढ्न गए । त्यहाँ जानुअघि जेठो छोरा कपिल जन्मिसकेका थिए । बीचबीचमा घर आउँथे । श्रीमती तथा सन्तानको सम्झनाले सताउँथ्यो । तैपनि श्रीमतीले पठाएको चिठीले उनलाई ढाडस दिन्थ्यो र थप पढ्ने ऊर्जा प्राप्त हुन्थ्यो । श्रीमतीले घरपरिवार नसम्हालेकी भए आज म यो स्थानमा हुन्नथंे, विगत सम्झदै डा. रिजाल भन्छन्-’उनले जहिले चिठी पठाउँदा पनि राम्रोसँग पढाइ सिध्याएर आउनू, घरपरिवार सम्हाल्ने म छु । पछि सँगै बस्ने बेला आउँछ भनेर लेख्थिन् । सरलाका चिठीहरू नै डा. रिजालका लागि प्रेरणाको स्रोत बने । जीवनको ४८ वर्ष सँगै बसेको यो जोडीको अहिलेसम्म कुनै ठाकठुक परेको छैन । डा. रिजाल सधैं काममा व्यस्त्ा रहने भएकाले ठाकठुक नपरेको सरलाले बताइन् ।

३ छोराका बाबुआमा रिजाल दम्पतीका सबै सन्तान विदेशमा छन् । जेठा छोरा कपिल बेलायतमा छन् । उनी डेन्टिस्ट हुन् । माहिला छोरा मनीष पनि परिवारसहित क्यानाडा बस्छन् । उनले इन्जिनियरिङ पेसा रोजे । कान्छो छोरा प्रलय पनि डेन्टिस्ट नै हुन् । उनी अहिले नर्वेमा छन् ।

डा. रिजालले लगाउने पहिरन धेरैजसो सरलाले नै किनिदिन्छिन् । कहिलेकाहीँ डा. रिजाल आफैं किन्छन् भने छोराहरूले पनि पठाइदिने गरेका छन् । २४ घन्टै व्यस्त रहे पनि डा. रिजालको पेसाको सम्मान गर्दै आएकी छिन्, सरलाले । डा. रिजाल पनि बिरामी जाँचेर बाँकी रहेको सबै समय सरलालाई दिन्छन् । बिहानदेखि बेलुकासम्म व्यस्त रहने डा. रिजाल बेलुकाको खाना प्रायः घरमै खान्छन् ।

जीवनमा हरेक मोड आउँछन् तर पनि ती मोडलाई सहज रूपमा आत्मसात् गर्दै जानुपर्छ । केही कुरामा सम्झौता पनि गर्नुपर्ने हुन्छ । श्रीमान्-श्रीमतीबीच इगोको भावना आउन दिनु हुँदैन । यसो भए दाम्पत्य जीवन बलियो हुने ठहर रिजाल दम्पतीको छ ।

डा. भोला रिजाल

जीवन के हो ?

भगवान्को उपहार हो । यो उपहारलाई प्रसादका रूपमा सदुपयोग गर्नुपर्छ ।

श्रीमतीको मन पर्ने बानी ?

उनी सरल छिन् । उनको सबै बानी मलाई मन पर्छ ।

मन नपर्ने बानी ?

उनी कहिल्यै रिसाउँदिनन् । कहिलेकाहीँ रिसाए पनि हुन्थ्यो जस्तो लाग्छ ।

श्रीमतीले पकाएको मन पर्ने परिकार ?

सेल रोटी, अनरसा र मासुको कवाफ ।

श्रीमतीलाई उपहार दिनुहुन्छ ?

म्यारिज एनिभर्सरी तथा जन्मदिन सम्भिmएको बेला उपहार आदान-प्रदान हुन्छ ।

धर्ममा आस्था ?

सधैं दिनको सुरुवात भगवान्लाई ढोगेर गर्छु । पूजा नगरे पनि भगवान्प्रति आस्था छ । म स्वामी कमल नयनाचार्यलाई मान्छु । धर्ममा भन्दा पनि कर्ममा विश्वास गर्नुपर्छ भन्ने मान्यता छ ।

सरला

डा. रिजालको मन पर्ने बानी ?

सबै मन पर्छ ।

डा. रिजाल तपाईंका लागि ?

सुखदुःखमा साथ दिने जीवनसाथी ।

डा. रिजालले काममा सघाउनुहुन्छ ?

समय भएको बेलामा सघाउनुहुन्छ ।

डा. रिजालले पकाएको मन पर्ने परिकार ?

उहाँ अचार असाध्यै मीठो बनाउनुहुन्छ ।

धर्ममा आस्था ?

मलाई पूजापाठमा असाध्यै विश्वास लाग्छ । म दिनहुँ दुई घन्टा पूजापाठमा बिताउँछु ।

आउँदो दुई महिना भित्रमा २ सय टेस्टट्युब बेबी जन्मिसक्नेछन्

तुलनात्मक रूपमा नेपाली महिलाको स्वास्थ्यस्थिति कस्तो छ ?

नेपालमा महिलाको मात्र नभएर समष्टिगत रूपमा हेर्दा स्वास्थ्यको स्थिति अत्यन्तै भयावह छ । अन्य देशमा शून्य रहेको अवस्थामा अझै पनि हाम्रो देशमा मातृमृत्यु ५ सयको हाराहारीमा छ । शिशुमृत्युदर पनि त्यही किसिमले अत्यन्तै डरलाग्दो छ । जनसंख्याको ५० प्रतिशत हिस्सा ओगटेका महिलाको यो स्थिति दुःखको कुरा हो । त्यसैले महिलालाई कसरी स्वास्थ्य सेवा प्रदान गर्ने भन्ने विषयमा ध्यानु दिनु आवश्यक छ ।

पहिले महिलामा कुन रोग बढी देखा पथ्र्यो ? अहिले कुन रोग बढी मात्रामा देखिन्छ ?

महिलामा पहिले र अहिले देखापर्ने रोगमा केही परिवर्तन आएको छ । पहिले रोग निदान हुन नसक्दा महिलाहरू घाँस लिन जाँदा मर्थे, रक्तअल्पता तथा सेतो पानी, रगत गएर मर्थे । रक्तस्रावका कारण वा सुत्केरी बेथाले समयमा उपचार नपाउँदा मर्थे । अहिले पनि यी सब कुरा हुन्छन् । अहिले रोगका बारेमा थाहा हुन्छ । यदि सुत्केरी तथा प्रजनन्बाट मरेको हो भने पनि थाहा पाउने अवस्था छ । क्यान्सरबाट मरे पनि थाहा हुन्छ । वाण लागेर मर्‍यो वा पेट दुखेर मर्‍यो भन्ने कुरा उपचार गरेपछि पत्ता लाग्छ । कतिपय गर्भवती महिला नलीमा शिशु अड्किएर मर्थे । अहिले त्यो अवस्था छैन । अहिले महिला आफैं सचेत भएका हुँदा अगाडि आएर जाँच गर्ने प्रथा छ ।

सरकारी स्तरबाट स्वास्थ्य क्षेत्रमा के-कस्तो सहयोग भएको छ ?

सरकारी स्तरबाटै दुर्गम क्षेत्रमा स्वास्थ्य संस्था प्रभावकारी ढंगमा संचालन गरिनुपर्ने हो । अहिले अलिअलि मात्र संचालन भएका छन् । धेरैजसो ठाउँमा जनशक्तिको अभाव छ । हुनुपर्ने जति भएको छैन ।

ग्रामीण तथा शहरी क्षेत्रका महिलामा कुन रोग बढी देखापर्छ ?

ग्रामीण क्षेत्रमा कुपोषण, अनभिज्ञता, पि्रग्नेन्सीसम्बन्धी कारण थाहा नभएर, रक्तस्राव आदि कारणबाट रोग लाग्ने देखिएको छ । चेतनाको अभावका कारण स्वस्थ रहन जति सावधानी अपनाउनुपथ्र्यो त्यति नअपनाएका कारण ग्रामीण क्षेत्रमा धेरै रोग देखा परेका छन् । सहरी क्षेत्रमा गर्भपतन, क्यान्सर वा अरू संक्रमणबाट धेरैको ज्यान जाने गरेको देखिन्छ ।

महिलाले कति वर्षको उमेरदेखि कुन उमेरसम्म शिशु जन्माउनु उपयुक्त हुन्छ ?

१८ वर्ष पुगेपछि मात्र सन्तान जन्म्ााउनु उपयुक्त हुन्छ । यसअघि सन्तान जन्माए महिलाको मानसिक, शारीरिक स्वास्थ्य एवं व्यक्तित्व विकासमा दुस्प्रभाव पर्छ ।

अहिले सिजेरियनबाट शिशु जन्माउने प्रवृत्ति बढ्दो छ ? यसले महिला तथा शिशुको स्वास्थ्यमा कस्तो असर पर्छ ?

प्रवृत्ति बढेको होइन । पहिले शिशु जन्माउन नसकेर जतिको मृत्यु हुन्थ्यो अहिले त्यो मृत्युमा कमी आएको छ । शिशु अड्किएर मर्ने, आमा मर्ने घटना सिजेरियनका कारण कम भएको छ । तर कता-कता सिजेरियन नै बढी भैरहेको छ । यसका धेरै कारण हुन सक्छन् । कुनै सेन्टरमा जटिल बिरामी अरूबाट रिफर भएर आएका वा धेरै अप्ठ्यारो परेर आएका बिरामीहरू, धेरै वर्ष बाँझो रहेर शिशु नभएकाहरू, शिशु जन्माउन गाह्रो भएका कारण यस्त्ाा अप्रेसन हुन सक्छन् । यसलाई नकारात्मक रूपमा लिनु हुँदैन । यसले गर्दा आमाको स्वास्थ्य स्थिति राम्रो हुन्छ । शिशु त यसबाट धेरै लाभान्वित हुन्छन् । धेरै शिशु मर्नबाट जोगिन्छन् । यसलाई कसैले पैसा कमाउनका लगि दुरुपयोग गरेको छ भने त्यो गलत कुरा हो ।

नेपालमा आउने औषधि विकसित देशले परीक्षणका लागि पठाउँछ भन्ने कुरा कत्तिको सही छ ?

कता-कता हामीले पनि यो कुरा सुनेका छौं । तर सबै औषधि परीक्षणका लागि पठाइन्छ, त्यहाँ नचलेका औषधि यहाँ आउँछन् भन्ने होइन । हाम्रो अविकसित देश विकसित देशमा ती कुरा लागू गर्न मान्दैनन् । हाम्रो मृत्युदरसँग ती चीज तुलना गर्नुपर्ने हुन्छ । विकसित देशलाई मृत्युदर कम भएको वा नभएको ठाउँमा त्यो चीजमा किन रिस्क लिने भन्ने हुन्छ । परिवार नियोजनकै साधनको कुरा गर्ने हो भने पहिले त्यो विकसित देशमा मान्य थिएन तर हामीले चलाउन बाध्य हुनुपर्‍यो । किनभने हाम्रो मृत्युदर धेरै हँुदा ती चीज चलाएको हो । यद्यपि सबै कुरा परीक्षणका लागि आउँछन् भन्ने सत्य होइन ।

टेस्टट्युब बेबीको सुरुवात नेपालमा कहिलेदेखि भएको हो ? अहिलेसम्म ओम अस्पतालले कतिजना टेस्टट्युब बेबी जन्माएको छ ?

ओम अस्पतालले नेपालमा २०५८ सालदेखि नै टेस्टट्युब बेबीको सेवा प्रारम्भ गरे पनि २०६० सालमा आएर प्रभावकारी देखियो । पहिलो टेस्टट्युब बेबीका रूपमा ओममणि तामाङको जन्म भयो । त्यसपछि डा. सुशील कोइरालाका दुई सन्तान जन्मिए । तेस्रो कृष्ण भट्टराईका एक छोरासहित चारवटा शिशु पहिलो ब्याचमा जन्मिए । आउँदो दुई महिना भित्रमा २ सय टेस्टट्युब बेबी जन्मिसक्नेछन् । यसलाई हामी उत्सवका रूपमा मनाउने विचार गरेका छौं ।

नेपालमा गर्भपतनालई कानुनी मान्यत्ाा दिइएको छ । यो कत्तिको प्रभावकारी छ ?

नेपालमा गर्भपतनलाई २०५९ सालमा कानुनी मान्यता दिइएको हो । मान्यता दिनुअघि लुकिछिपी गर्भपतन गर्दा हजारौं महिलाले ज्यान गुमाउनुपथ्र्यो । कानुनी मान्यता पाएपछि महिला स्वास्थ्यमा सकारात्मक प्रभाव परेको छ ।

महिलाको स्वास्थ्यस्थितिमा सुधार ल्याउन के गर्नुपर्ला ?

महिलाहरू साक्षर, सचेत तथा आर्थिक हिसाबले सक्षम नभएसम्म कहिल्यै उनीहरूको स्वास्थ्यमा सुधार आउँदैन । स्वास्थ्यमा सुधार ल्याउन शिक्षा एक मात्र विकल्प रहेको कुरा जानकारी गराउनु आवश्यक छ । छोरीलाई शिक्षा भन्ने कुरा मूल मन्त्रका रूपमा अगाडि बढाउनुपर्छ । त्यसपछि मात्र स्वास्थ्य तथा आर्थिकस्थिति राम्रो हुन्छ । मैले कता-कता आर्थिकस्थितिमा मात्र ध्यान दिनुपर्छ भन्ने सुनेको छु त्यो असमझदारीका कारण भनिएको हो । महिलालाई साक्षर बनाएपछि मात्र…
उपासना पाण्डे
श्रोत: कान्तिपुर नारी

अधिकासं बालकहरु यौन कार्यमा सक्रिय

zac-efron-vanessa-hudgens-hawaii
स्विट्जरलैंडमा यौन सम्बन्धका लागि १६ बर्षको हुनु जरुरी भएता पनि त्यँहाको बजारमा १२ बर्षे केटाहरुका लागि एक्सट्रा स्माल कंडोम बिक्रीका लागि ल्याईएको छ। यस निरोधलाई बजारमा हॉट-शॉट नाम दिएर बिक्री गरीएको छ। स्विट्जरलैंडमा गरेको एक सर्वेक्षण पछी यस्ता निरोधहरु बजारमा ल्याईएको थियो।
हाले गरिएको उक्त सर्वेक्षणमा त्यँहाका १२ देखी १४ बर्ष सम्मका केटाहरुले असुरक्षि यौन सम्बन्ध राख्ने गरेको तथ्य फेला पारेका थिए। त्यसैले यस्ता यौन सम्बन्धहरुबाट हुने खतराबाट बालकहरुलाई बचाउनका लागि यस्तो कंडोमको उत्पादन गरिएको हो।
यस्ता कंडोंमहरु बाजारमा पाउने कंडोम भन्दा निकै सानो रहेको छ। साधारणतया कंडोम को डायमीटर ५.२ सेंटीमीटर हुनेमा यो कंडोम ४.६ सेंटीमीटर डायमीटरको मात्र रहेको छ।
स्विट्जरलैंडको ‘फेडरल कमीशन फार चिल्ड्रन एंड यूथ’ ले यस प्रकारको सर्वक्षण गराएको थियो। १० देखी १४ बर्ष सम्मका बालकहरुबिच गरिएको यस्तो सर्वेक्षणले त्यहाँका अधिकासं बालकहरु यौन कार्यमा सक्रिय रहेको पत्ता लागेको थियो।

द डेलीमेल पत्रिका का अनुसार यस सर्वेक्षणको नेतृत्व गर्ने बासल विश्वविद्यालयका डॉ. नैसी बाडमरका अनुसार यी बालकहरु यौनका लागि निकै डरमर्दो काम गरिरहेका तथा यस्ता बालकहरुलाई यौन सम्बन्धी निकै कम जानकारी रहेको तथ्यको खुलासा भएको बताए। सर्वेक्षनमा भाग लिएका अधिकासं बालकहरुलाई उनीहरुले गरेको यस्तो कार्यले के हसर गर्दछ भन्ने जानकारी समेत नभएको देखिएको छ। डॉ. नैंसीको यस अध्ययनबाट बालकहरुको लागि पनि सुरक्षित यौन जरुरी रहेको निष्कर्ष निस्के पछी बजारमा यस्ता कंडोमहरु निस्केका थिए।
६ वटा हॉटशॉट कंडोमको मुल्य नेपाली रपैया ५०० को हाराहारीमा रहेको छ। यसका उत्पादकहरुले युरोपका अन्य राष्ट्रहरुमा समेत यसको बजार खोजी गर्ने भएको छ।

प्रेमपत्रले गर्‍यो कमाल !

love_le1

एक बि्रटिस पुरुष र उसकी स्पेनिस पूर्वप्रेमिका अन्ततः छुट्टिएको १६ वर्षपछि विवाहबन्धनमा बाँधिएका छन् । यसो हुनुमा एक प्रेमपत्रले निकै ठूलो भूमिका निर्वाह गरेको छ । सो प्रेमपत्र एक दशकअघि एक धुनीनिर खसेर कतै हराएको थियो । र, सो प्रेमपत्र फेलापरेपछि यस अभागी प्रेमीजोडीलाई एकाकार तुल्याइदियो ।

स्टिभ स्मिथ र कार्मन रुई-पेरेज दुवै अहिले ४२ वर्षका छन् । १७ वर्षअघि उनीहरूको पिरती सुरु भएको थियो । कार्मन त्यतिवेला दक्षिण-पश्चिमी इंग्ल्यान्डको बि्रक्साममा विदेशी विद्यार्थीका रूपमा अध्ययनरत थिइन् र एक वर्षपछि उनीहरूबीच प्रेमसम्बन्ध सुरु भएको थियो । तर, उनी आफ्नो पसल चलाउन पेरिस झरेपछि उनीहरूको सम्बन्ध टुट्यो । केही वर्षपछि, आफ्नो सम्बन्ध फेरि जोड्न स्टिभले स्पेनमै रहेकी कार्मनकी आमाको नाममा चिठी पठाए । यसलाई राख्नेक्रममा यो चिप्लिएर चुलोको पछाडितिर खस्यो र एक दशकसम्म हराउन पुग्यो । यो चिठी जब घर बनाउने ठेकेदारहरूले घर मर्मत गर्न भत्काउने सिलसिलामा फेलापारे ।

‘मैले चिठी फेलापारेपछि स्टिभलाई एकपल्ट फोन गर्न मन लाग्यो,’ रुई-पेरेजले भनिन्, ‘फेरि भेट भएपछि त फिल्मी घटनाजस्तै लाग्यो । भेटेपछि फेरि सुरु भइहाल्यो हाम्रो मायाप्रेम ! ‘

‘मलाई असाध्यै खुसी लागेको छ । हराएको पे्रमपत्रले कमालै गर्‍यो,’ स्टिभले बिहेको दिन, गत शुक्रबार भने ।

श्रोत: नया पत्रिका

मन मिले सेक्स नोथिङ

दीपक

rekha_thapa
हट टक : रेखा थापा, नायिका

अहिलेका नेपाली चलचित्रले युवापुस्ताको प्रतिनिधित्व गर्छन् ?
समग्रमा चलचित्रले युवाको प्रतिनिधित्व गरेका छन् । अहिलेका चलचित्रले जुन धारको प्रतिनिधित्व गरेको छ, त्यो युवालाई मन पर्दैन । युवा युद्ध मन पराउँदैनन्, झगडा हेर्न चाहँदैनन् । उनीहरू चलचित्रमा प्रेम चाहन्छन् । उनीहरूको प्रतिनिधित्व गर्ने चलचित्र पनि बनेका छन् । मैले यस्तै युवाको प्रतिनिधित्व गरेकी छु । १६ वर्षदेखि अहिलेसम्म यही काम गरिरहेकी छु ।

‘कन्टेन्ट’ले युवापुस्ताको प्रतिनिधित्व गरेका छैनन् नि ?
प्रयास भएको छ । चलचित्रको कथानक र कलाकारले यो प्रयास गरेका हुन्छन् । फिल्मले दिन सक्छ कि सक्दैन, त्यो त प्रस्तुतिमा भर पर्छ ।

अहिलेका युवाको मनोदशा कस्तो छ ?
युवा पीडित छन् । पढेलेखेका छन्, तर बेरोजगार । आफ्नो र अभिभावकको उमेर-अन्तरले पनि युवा मर्माहत छन् । रोजगारको कमीले बिदेसिन बाध्य छन् । विदेशलाई धनी बनाउँछन्, देश सधैँ गरिब नै रहन्छ ।

अहिलेका युवालाई खुलापनले कति छोएको पाउनुहुन्छ ?
धेरै छोएको छ । तर, राम्रो शैली हुनुपर्छ, खुलापनको । यसको पनि आफ्नो मापदण्ड हुन्छ । तर, युवामा आफ्नो खुट्टामा उभिने संस्कृति छैन । उनीहरू विदेशी विचार बोकेर हिँड्छन्, त्यो नराम्रो हो । खुला हुनु राम्रो कुरा हो । म केटी हुँ । खुलापनको विरोधी र समर्थक दुवै हुँ ।

तपाईंले खुलापनको अभ्यास धेरै गर्नुभयो नि ?
गरियो । तर, खुला भन्दैमा जहाँ पायो, त्यहीँ छाडा बन्नुहुन्न, विचार खुला हुनु राम्रो हो र खुलापनको वैचारिक अभ्यास गरिएको छ ।

बिहेअघि ब्वाइप|फ्रेन्ड थियो ?
थिएन । १६ वर्षमै बिहे भयो, कहाँको ब्वाइप|फ्रेन्ड ?

अनि बिहेअघि सेक्सको अनुभव नि ?
थिएन, भगवान् कसम, (कलाको कसम) ।

किस नि ?
बिहेअघि किस पनि कसैसँग गरेकी थिइनँ । ममीबुबाले मायाले बाहेक अरूले किस गरेनन् ।

अहिलेका केटाकेटी त खुला ठाउँमै किस’ भ्याउँछन्, कस्तो लाग्छ ?
समय परिवर्तनको संकेत हो । अहिलेका युवाले पश्चिमा संस्कार पछ्याएका हुन् । खुला ठाउँमा केटाकेटी माया प्रदर्शन गरिरहेका हुन्छन् भने त्यो नराम्रो होइन । तर, दैनिक उनीहरू त्यही ठाउँमा आएर आफ्नो माया अरूसामु प्रदर्शन गर्छन् भने त्यो विकृति हो ।

आगामी पुस्ताबारे तपाईंको ठम्याइ ?
निकै अगाडि पुग्छ । जीवनका सबै पक्ष बुझेका, समाज राम्रोसँग अध्ययन गरेका र जीवनलाई आफूअनुसार अघि बढाउने खालका हुनेछन् ।

बिहेपछि पनि प्रेमप्रस्ताव आउँछन् ?
आउँछन् । त्यो राम्रै लाग्छ । प्रेम गर्न उमेरले छेक्दो रहेनछ । मलाई युवादेखि सबै वर्गकाले प्रेमप्रस्ताव गर्छन् । फिल्ममा खेलेकाले प्रस्ताव गर्दैनन्, बाहिरकाले गर्छन् ।

केटीहरूले केटाबाट बढी के चाहन्छन् ?
माया । साँच्चैको माया । सम्मान पनि खोज्छन् । पढे-लेखेका, अध्ययनशील, अनुशासित केटा चाहन्छन् ।

गठिलो जीउ र अनुहार केटीहरूको प्राथमिकतामा पर्छ कि पर्दैन ?
पर्छ । केटीहरू ह्यान्डसम केटा चाहन्छन् । तर, उनीहरूको रोजाइमा गठिलो जिउ र अनुहारमात्र पर्‍यो भने त्यो त आकर्षण हो, प्रेम होइन ।

अहिले युवामा ‘पि्रम्याच्योर सेक्स’ बढेको छ, तपाईंलाई कस्तो लाग्छ ?
समय र परिस्थितिले निर्धारण गर्छ । केटाकेटीमा यौनजिज्ञासा धेरै हुन्छन् । मन मिले सेक्स नोथिङ, जोसँग पनि गर्दा हुन्छ । म यसलाई गलत मान्दिनँ । सेक्सले त माया झन् प्रगाढ बनाउँछ । सेक्स प्रेम अभिव्यक्तिको अन्तिम बिन्दु हो, यसलाई राम्रोसँग उपयोग गर्नुपर्छ ।

एउटा रोमान्टिक कल्पना सुनाउनुस् न ?
राति आकाशको चन्द्रामा हेर्दै म मेरा सपनाबारे कल्पना गर्छु । त्यो सपनाले मलाई आकाशबाट हेरिरहेको हुन्छ । म पनि उसलाई हेर्दै रोमान्टिक बन्छु ।

भारतको आकाशमा ‘क्याप्टेन वेद उप्रेती’

article_img5330

क्याप्टेन वेद उप्रेती
अगाती विमानस्थल, लक्षदीप, अरब सागर ।

“…श्रीनगर टावर किङफिसर ४६३३ फाइनल…”
“…किङफिसर ४६३३ क्लियर्ड टु ल्याण्ड…”

केही दिनअघि म र श्रीनगर टावरबीचको संवाद हो यो। काश्मिर, श्रीनगर उपत्यकाको चारैतिरका सेता हिमालहरूबीच उड्दै विमानस्थलमा अवतरण गर्नु कम रोमाञ्चक थिएन।

२०३२ सालमा आठ कक्षा पढ्दा ट्वीनअटर चढेर पहिलो पटक महेन्द्रनगरबाट धनगढी १० मिनेट उड्न पाउँदा औधी खुशी लागेको थियो। त्यो उडानका दृश्यहरू कैयौं वर्षसम्म सम्झ्नामा रहिरहे पनि त्यतिबेला पाइलट बन्छु भन्ने सोचेको थिइनँ। जीवनयात्रा पनि बुझ्िनसक्नु हुँदोरहेछ। नेपाली सेनामा जागिर खाएको मान्छेलाई भारतको नेशनल डिफेन्स एकेडेमी पुना जाने अवसर जुर्‍यो। पुनामा हावामा तैरिने हवाईजहाज ग्लाइडरको ककपिटभित्र बस्न पुग्दा डर र रमाइलो दुवै लागेको थियो। ग्लाइडरमा करिब ५० फ्लाइट गरेपछि इण्डियन एयरफोर्सको फाइटर ट्रेनरमा १०० घण्टा पुर्‍याएर अमेरिकाबाट कमर्सियल पाइलट गर्दै २०५४ सालमा नेकोन एयरको सानो क्याराभान हवाईजहाज लिएर महेन्द्रनगर एयरपोर्टमा अवतरण गर्दा सपनाजस्तै लागेको थियो।

नेकोन एयर टाट पल्टेपछि त्यसका सबैजसो क्याप्टेनसँगै म पनि भारतको डेकन एयरमा पुगेँ। एयर डेकनलाई किङफिसरले किनेपछि संसारका करिब २०० विदेशी पाइलटसँगै भारतका विभिन्न गन्तव्यमा उडिरहेको छु। किङफिसरका मुख्य सेवा भारतका ठूला मेट्रोसिटी बैङ्गलोर, चेन्नई, हैदरावाद, मुम्बई, दिल्ली र कोलकातामा केन्द्रित छन्। एउटा मेट्रोमा ३०-४० जना क्याप्टेनको पोस्टिङ हुन्छ र उनीहरूले आ-आफ्नो शहरबाट नजिकका क्षेत्रहरूमा हुने फ्लाइट गर्नुपर्दछ। इन्स्ट्रक्टर क्याप्टेनले चाहिँ प्रायः सबै मेट्रोहरूबाट उडान गर्नुपर्ने हुनाले म प्रत्येक दिन नयाँ-नयाँ स्थानमा निकै चाख लिएर उडान गर्दछु। पाँच वर्षमा भारतका करिब ७० वटा विमानस्थलमा अवतरण गर्दाका कैयौं अविस्मरणीय क्षणहरू छन्।

भारतको सबैभन्दा व्यस्त दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्दा निकै संयमशील हुनुपर्दछ। दिल्ली एयरपोर्ट र दिल्लीको आकाशमा जहाजहरूको ट्राफिक जामका कारण आधा घण्टादेखि एक घण्टासम्म निकै पट्यारलाग्दो होल्डिङ हुन्छ। तर, दिल्लीबाट हुने श्रीनगर धर्मशाला, कुलु र शिमला फ्लाइटले भने नेपालको झ्ल्को दिइरहन्छन्। हिउँदमा दिल्लीबाट राजस्थानका जयपुर, उदयपुर, जोधपुर र जसमेर उड्न मलाई बढी मनपर्छ। जसमेर भारत पाकिस्तानबीचको मरुभूमिमा बसेको सानो शहर हो। मरुभूमिमाथिबाट उड्दाको दृश्य निकै लोभलाग्दो हुन्छ।

भारतको दोस्रो व्यस्त एयरपोर्ट मुम्बईको क्षत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बईमाथि उडेर शहरको अवलोकन गर्दा म साह्रै रमाउँछु, हालै निर्मित बान्द्रा-बर्ले सिलिङ्क पुल निकै आकर्षक देखिन्छ। भारतका मेट्रो शहरमध्ये मलाई निकै मनपर्ने बैङ्गलोर हो, जहाँ मेरो स्थायी बसोबास छ। राम्रो मौसम र उडान हुने रमाइला सेक्टर बैङ्गलोरका विशेषता हुन्। मेरो विचारमा भारतको सबैभन्दा सुन्दर विमानस्थल लक्षद्वीपको अगाती हो, जहाँ बैङ्गलोरबाट कोचिन हुँदै उड्न निकै लालायित हुन्छु। बैङ्गलोरबाट तिरुपति विशाखापटनम र गोवा उड्न पनि मज्जा लाग्छ।

चेन्नईबाट हिउँदका उडान पनि त्यत्तिकै रमाइला हुन्छन्, तर गर्मीयाममा भने त्यहाँको गर्मी थेग्न हम्मे पर्दछ। त्यहाँबाट लामो दूरीका उडान हुने भएकोले फ्लाइट गर्न बढी सजिलो हुन्छ। त्रेवेन्द्रम र गोवाको नाइट स्टप मलाई औधी मनपर्छन्, कम्तीमा महिनाको एकपटक गोवाको फ्लाइट गर्न चुक्दिनँ। हैदरावादबाट धेरै बैङ्गलोर र चेन्नईतिरका फ्लाइट गर्नुपर्ने हुनाले खासै नयाँपन हुँदैन, तर आफूले तीन वर्ष तालिम गरेको शहर पुनाको नाइट स्टप चाहिँ मनपर्छ। मेट्रो सिटीहरूमा हैदरावाद शहर मलाई निकै राम्रो लाग्छ। त्यहाँको राज्य सरकारले शहरलाई निकै आधुनिक ढाँचामा ढालेको छ। काठमाडौंले पनि हैदरावादबाट थोरबहुत सिक्न सक्छ।

कोलकाताबाट भारतका नर्थइष्ट सेक्टरको बागडोग्रा फ्लाइट गर्दा नजिकैको नेपालमाथि उडान गर्ने नेपाली पाइलटहरूसँग रेडियो सेटमा कुरा गर्न पाइने हुनाले खुशी लाग्छ। कोलकाताबाट गुहाटी नाइट स्टप र त्यहाँबाट उडान गरिने इम्फाल, नागाल्याण्डको डिमापुर पनि रमणीय छन्। मिजोराम लिङपुई (ऐजवल) उडान गर्दा नेपालमाथि नै उडेजस्तो लाग्छ।

एटीआर-७२ जहाजमा भारतका ७० शहरमा उडान गर्दाका प्रत्येक क्षण अविस्मरणीय छन्। इन्त्रि्कडिबल कलरफुल इण्डिया नाउँको मेरो नयाँ किताबको लागि फोटोग्राफी सङ्कलन गर्न यो नौलो अवसर बनेको छ। तर, आफ्नै देशका पहाड, मैदानमाथि उड्न नपाउनुको पीडाले भने सधैं पिरोलिरहन्छ। त्यसैले प्रत्येक दुई महिनाको उडानपछि छुट्टीमा नेपाल आउँछु र माउन्टेन फ्लाइट तथा हिमाली क्षेत्रमा यात्रु भएर उडानको मज्जा लिने गरेको छु। पाँच वर्षदेखि आफ्नो देशको सेवा गर्ने मौका नपाएकोले दुःख त लाग्छ, तर २१औं शताब्दीको ग्लोबलाइजेसनको जमानामा संसारको जुनै कुनामा भएपनि गौरव गरेर र समर्पित भएर काम गर्नुपर्दछ जस्तो लाग्छ। भारतको आकाशमा ८-१० वर्ष उड्दा मैले यसबीचमा भारतले धेरै उन्नति गरेको र यसबाट नेपालले पनि पाठ सिक्नुपर्ने महसूस गरेको छु।

आकाशमा धेरै सोच्ने समय हुँदैन, टावरले “किङफिसर ४६३३ डिसेन्ड टू टेन थाउजेण्ड फिट…” भनेको सुन्दा अटो पाइलटलाई डिसेन्ट गर्ने निर्देशन दिएर चारैतिर सुन्दर दृश्यहरूको मजा लिन थाल्छु र फेरि क्यामेरा समाउँछु।

-हिमाल खबरपत्रिका

कम्प्युटरको ककपिटबाट देशदर्शन

article_img5435

यसअघिको अन्तिम पानामा भारतको आकाशमा हवाईजहाज उडाउँदाको क्याप्टेन वेद उप्रेतीको मनछुने वर्णन पढ्दा धेरैलाई हवाईजहाज चलाउने रहर जाग्यो होला। सानैदेखि यस लेखकलाई पनि ककपिटमा बसेर, जोयस्टिक समातेर हवाईजहाज उडाउने रहर लागेको हो, काम र करिअरले अन्यत्रै डोर्‍याइदियो।

तर हाम्रो लागि सौभाग्यको कुरा हो, गएको १०-१५ वर्षमा कम्प्युटर सफ्टवेयरको विकासले गर्दा आजभोलि घरमै बसी-बसी हवाईजहाज उडाएर मज्जा लिन सकिने भएको छ। त्यसको लागि आफ्नो घर या अफिसको कम्प्युटरमा माइक्रोसफ्ट कम्पनीद्वारा उत्पादित फ्लाइट सिमिलेटर सफ्टवेयर प्रोग्राम राखेर हवाईजहाजको जस्तै हातले कन्ट्रोल गर्ने जोयस्टिक कम्प्युटरको सीपीयुमा जोड्दै स्त्रि्कन अगाडि बसे पुग्छ।

वषर्ैैपिच्छे परिमार्जन हुँदै आउने यो सफ्टवेयरले आजभोलिका हवाईजहाजको बनोट, ककपिटभित्रका सरसामान र हवाईजहाज बाहिरका सीन-सिनरी यति दुरुस्त हिसाबले प्रस्तुत गरेको हुन्छ, साँच्चिकै पाइलटहरू समेत छक्क पर्छन्। कतैकतै त पाइलट ट्रेनिङको लागि पनि यो सफ्टवेयर उपयोग हुनथालेको छ। भू-उपग्रहबाट खिचिएका तस्बिरको सहयोगमा हिमाल, पहाड, उपत्यकाको भौगोलिक दृश्य जस्ताको तस्तै देखिन्छन्। हवाईजहाजको नेभिगेशन (राडार, रेडियो, एभियोनिक्स आदि) को पनि वास्तविक उडानमा कमर्सियल पाइलटले जस्तै गरी उपयोग गर्न पाइन्छ। यति मात्र होइन, स्पिकर छ भने आवाज पनि हवाईजहाजकै जस्तो आउँछ।

लौ त अब आफ्नै घर या अफिसमा बसी बसी नेपालको आकाशमा घुमौँ। पहिला हवाईजहाजको छनोट गर्नुहोस्― नेपालमा हवाई यातायात सुरुआत गर्ने डीसी-३ डेकोटा, या आजभोलि हाम्रा आकाशमा धेरै उड्ने डोर्निएर, ट्वीन अटर, जेटस्ट्रिम वा बिचक्राफ्ट-१९००।

आफूले छानेको ट्वीन अटर लिएर ताप्लेजुङको सुकेटार विमानस्थल जान तयार हुनुस्। त्रिभुवन विमानस्थलको उत्तरतर्फ मोडिएको धावनमार्ग-२० मा आफ्नो हवाईजहाज लिएर जानुस्। फ्ल्यापलाई १५ डिग्रीमा राख्नुस्, अनि थ्रटल दबाएर इञ्जिनलाई पूरा ऊर्जा दिई प्लेनलाई धावनमार्गमा दौडाउनुस्। हवाईजहाज दौडन्छ अनि ६० किमी प्रतिघण्टाको वेगमा पुगेपछि जोयस्टिक आफूतिर तान्दा आकाशिन्छ। दाहिने मोड्दा तल बागमती देखिन्छ। चाँगुनारायण मन्दिरमाथि हुँदै शिवपुरी र नगरकोट डाँडालाई बायाँ पारेर अनि साँगाभञ्ज्याङ र बनेपा भएर सम्पूर्ण पूर्वी पहाडको आकाशमा तैरिँदै सुकेटार विमानस्थलतर्फ लाग्नुस्। बायाँतर्फ एकपछि अर्को हिमचुचुरा देखिन्छन्― जुगल हिमाल, गौरीशङ्कर, खुम्बु हिमालको गोला (सगरमाथासहित)। भोटे कोशीमाथि आइपुग्दा बायाँपट्टि कोदारीको खोँच देखिन्छ र दायाँपट्टि सुनकोशीले विभिन्न खोलाको बहावलाई समेट्दै गएको। बायाँ दोलखा, दायाँ मन्थली र खलढुङ्गा।

मकालु हिमाल बायाँपट्टि आइपुग्दा विस्तारै अवतरण गर्ने बेला हुन्छ। अवतरणअघि पहिला अरुण नदी आइपुग्छ र तल संखुवासभाको तुम्लिङटार विमानस्थल छर्लङ्ग देखिन्छ। अलि अगाडि तमोर नदी छ भने त्यसको पूर्वी पाखाको उचाइमा सुकेटार विमानस्थल छ, पहाडको टुप्पैमा। जहाज उडानको प्रशस्त अभ्यास छ भने यो अलि जोखिमपूर्ण धावनमार्गमा पनि तपाईं सहजै उत्रन सक्नुहुन्छ।

सुकेटार विमानस्थलबाट उड्नुस् र खुम्बु उपत्यकाको लुक्ला विमानस्थल हुँदै चारैतिरबाट सगरमाथा/चोमोलोङ्माको निरीक्षण गर्न जानुस्। त्यहाँबाट सीधै दक्षिण हानिएर कमै चलेको राजविराज विमानस्थलमा अवतरण गर्नुस्। तपाईंलाई सुदूरपश्चिमाञ्चलको भौगोलिक बनोट र त्यहाँका मैदान, डाँडाकाँडामाथि उड्ने उत्सुकता छ भने सीधै राजविराजबाट नेपालगञ्जतिर लाग्नुस्। अनि नेपालगञ्जबाट उडान भर्नुस्― बाजुराकोे कोल्टी, हुम्लाको जुफाल, सुर्खेत विमानस्थल। देशाटनबाट थकाइ लागेको भए काठमाडौं फर्कंदा अलिबेर विश्रामको लागि आजकल हवाईसेवा नचलेको गोरखाको पालुङटार विमानस्थलमा अवतरण गर्न सक्नुहुन्छ।

सीधै काठमाडौँ के गइहाल्नु भन्ने लाग्छ भने फेरि पोखरातिर फर्कंदै कालीगण्डकीको खोँचमा उडानको आनन्ददायी अनुभूति बटुलेर जोमसोम हुँदै मुक्तिनाथमाथि जहाज घुमाउनुस्। अनि इञ्जिनलाई अलि दम दिँदै १७,००० फिटको उचाइमा रहेको थोरङ-ला भञ्ज्याङ पार गरेर लार्केभोट र बूढीगण्डकीको उद्गमस्थलबाट आरुघाट र त्रिशूली नदी हुँदै गणेश हिमाललाई बायाँ पार्दै, ककनी भञ्ज्याङबाट काठमाडौँ उपत्यका प्रवेश गर्नुस् र बूढानीलकण्ठको दर्शन गर्दै धावनमार्ग-०२ मा अवतरण गर्नुस्।

थकाइ लाग्यो होला, हतारोमा देशाटन गर्दा। तर कम्प्युटर न हो, फेरि अलि विस्तारै रमाइलो लिँदै आफ्नो मुलुकको यात्रा गरे भइहाल्यो नि!

कुन्द दीक्षित
-हिमाल खबरपत्रिका

अहिलेसम्म ब्लुफिल्म हेरेकी छैन- ऋचा घिमिरे

richa_ghimire1

काठमाण्डौ,
नयाँ पुस्ताका नायिकामध्ये थोरै भए पनि पढेलेखेकी नायिकाका रुपमा परिचित छिन् । मास कम्युनिकेसनमा मास्टर्स गरिरहेकी ऋचा नेपाली चलचित्र उद्योगमा उत्कृष्ट १० भित्र पर्ने नायिकाका रुपमा चिनिन्छन् । उनी चलचित्र उद्योगमा नायक र नायिकाहरुको बराबरीको हक कायम हुनुपर्छ भन्ने मान्यता राख्ने र आफूलाई मनमा लागेको कुरा तुरुन्त राखिहाल्ने नायिकाका रुपमा परिचित छिन् । उनी अहिलेको युवापुस्ताको प्रतिनिधिपात्रका रुपमा चलचित्र उद्योग र समाजमा पनि स्थापित भएको हुादा यसपटक हामीले उनीबाट नेपाली समाजका युवाहरुको प्राथमिकता, उनीहरुको प्रेम र सेक्ससम्बन्धी धारणाका विषयमा सोध्न चाहृयौ । उनले पनि युरोपको नेपालीपत्रका प्रतिनिधि अच्युत कोइरालासित खुलेर कुरा गरिन् ।

नेपाली चलचित्रले नेपाली युवा पुस्ताको प्रतिनिधित्व गरिरहेको छ ?
छ छ । पछिल्लो समयमा थुप्रै नयाँ कलाकारहरु आउनुभएको छ, मिहिनेत गररिहनुभएको छ । कलाकारमात्र होइन, ९० प्रतिशतभन्दा बढी निर्देशक, प्राविधिकहरु पनि नयाँ र युवा पुस्ता आउनुभएको छ । यो हिसाबले वास्तवमा नेपाली चलचित्र उद्योग नयाँ पुस्तामा हस्तान्तरण भइसकेको छ ।

तर नेपाली चलचित्रले दिने कन्टेन्टचाहिँ युवाकेन्द्रित छैन नि ?
अब यो मामिलामा चाहिँ कुरा अलि गाह्रो छ, जस्तो कि मैले “तुलसी” बनाउँदैछु तर यो “कागबेनी” या “सानो संसार” जस्तो फरक सिनेमाचाहिँ होइन । त्यस्तो बनाउन ठूलै आँट चाहिन्छ । सरकारले पनि केही हेर्नुपर्छ । मैले शहरी धनाढ्य व्यक्तिहरुका लागि मात्र बनाएर पुग्दैन । अहिले नेपाली फिल्म हेर्ने वर्गसँगै मैले अर्को वर्गलाई पनि तान्ने कोसिस गर्नुपर्छ । र, तपाइँले भनेको सही हो, नेपाली चलचित्रमा हुनुपर्ने “युवा” कन्टेन्ट छैन । यो स्वीकार गर्न मलाई कुनै अप्ठेरो छैन । तर, पनि म के भन्छु भने थोरै बजेटमा नेपालमा जसरी काम भइरहेको छ, संसारका लागि उदाहरणीय काम भइरहेको छ ।

अहिलेको नेपालका युवाहरुको मनोदशा कस्तो पाइरहनुभएको छ ?
वास्तवमा अहिलेका शहरी युवाहरु जसरी भए पनि विदेश जान चाहन्छन् । हावा नै त्यस्तो लागेको छ । देशमा केही छैन, गर्न सकिन्न भन्ने उनीहरुलाई लागिरहेको छ । मेरा साथीहरुकै कुरा गर्नुहुन्छ भने पनि मेरा ज्यादै मिल्ने स्कुले साथीहरुमध्ये ममात्रै नेपालमा छु तर म यहाँ जे छु, जस्तो छु त्यसमा मलाई गर्व छ ।

तपाइँले नाम कमाइसक्नुभएको छ, उमेर पनि अब बिहे गर्न लायक भइसक्यो, बिहे नगर्ने ?
हेर्नुस्, मेरो विचारमा एउटा स्वतन्त्र महिला, जो आफ्नो खुट्टामा उभिइसकेकी छे, उसका लागि बिहेको उमेर भनेको ३० वर्ष कटिसकेपछि हो । मेरा लागि अझै चार वर्ष यसबारेमा सोच्ने फुर्सद छँदैछ ।

नेपाली फिल्म उद्योगमा त सानै उमेरमा बिहे गर्ने चलन छ नि ?
छन्, थुप्रै छन् र आफ्नो गोडामा उभिएर निकै उमेर बितेपछि बिहे गर्नेहरु पनि देखिएका छन् । तर, मेरो विचारमा आफू दह्रो खुट्टामा उभिएपछि बिहे गर्ने हो । फेर बिहे भन्ने कुरा आफूले चाहेर हुने वा चाहेर नहुने भन्ने कुरा पनि होइन नि ।

पछिल्ला पटक भइरहेका सर्भेक्षणहरुमा नेपाली युवाहरुमा खुलापन बढ्दै गइरहेको देखिएको छ, तपाइँलाई कहिल्यै त्यो हावाले छोयो ?
खुलापन भन्नाले अब केलाई मान्ने ? किनभने आजभन्दा २० वर्षअघि केटा र केटीहरु अँगालो मारेर हिँड्दैनन् थिए । अब अहिले त्यो दृश्य सामान्य भइसक्यो ।

तपाइँले पर्दाभित्र भन्दा बाहिर खुलापनको अभ्यास कति गर्नुभयो ?
भन्नाले ?

प्रेम गर्ने कुरा…
प्रेम भन्ने कुरा कसले गर्दैन मान्छे भएपछि ? मैले पनि गरेँ । तर, चार वर्षअघि भएको मेरो प्रेम त सहमतिमा नै तोडियो । म फेरि प्रेम भन्नेबित्तिकै हृवात्तै माया गर्ने अनि छुट्यो भने अनुहार नै नहेर्ने कुरामा विश्वास गर्दिनँ । मेरो अफेयर सकिएपछि पनि जो व्यक्तिलाई पहिला म प्रेम गर्थेँ, अहिले पनि उसित भेट्छु । हाम्रो कुराकानी हुन्छ ।

अनि अहिले अर्को ब्वाइफ्रेण्ड छ कि छैन ?
छैन ।

पहिलेको ब्वाइफ्रेण्डतिर मन जान्छ कि जाँदैन ?
जाँदैन किनभने प्रेम गर्ने पनि एउटा क्षण हुन्छ । कुनै क्षणमा मनपरेको कुनै चिज अर्को एउटा क्षणमा मन नपर्नसक्छ । र, तपाइँलाई म बताइदिउँ- प्रेम सर्छ । एक व्यक्तिबाट विस्तारै कम भएर अर्को व्यक्तिमा सर्छ । यो अनुभव मलाई पनि भएको हो तर इन्ट्रेष्टिङ कुरा तपाइँलाई बताइदिउँ ? यस्तै विषयमा बनेको “छोडिगए पाप लाग्ला”मा मैले खेलेँ । मलाई ज्यादै मन पर्योह ।

सेक्सको अनुभव छ कि छैन ?
हेर्नुस्, तपाइँ पढेलेखेको पत्रकार हो । शायद अरु कोही भएको भए यसको उत्तर नै दिने थिइनँ तर तपाइँले मेरो भनाइलाई बङ्ग्याउनुहुनेछैन । मैले सेक्सलाई साधारण कुराको रुपमा लिएकी छैन । यो कुनै केटी, खासगरी पूर्वीय सँस्कृतिमा हुर्किएकी केटीका लागि सानोतिनो चिज होइन । म यसलाई ठूलो कुरा मान्छु ।

उसो भए “ब्लु फिल्म” त हेर्नुभएको होला नि ?
(हाँस्दै) तपाइँ पत्याउनुहुन्न होला- मैले त्यस्तो फिल्म पनि हेरेकी छैन ।

तपाइँका लागि चाहिँ त्यो जैविक आवश्यकता होइन र ?
हो, तर मैले त्यसलाई जहाँपायो त्यहीँ प्रदर्शन गर्नु वा पोख्नुपर्छ भन्ने लाग्दैन । र, आवश्यकताबोध नगराउने वा त्यस्तो इच्छा लाग्यो भने मोड्ने अरु उपाय पनि छन् । तपाइँलाई म के पनि बताइदिउँ भने टिभी, फिल्म हेर्दा र धेरै मांसाहारी खाना खाँदा त्यस्तो इच्छा जाग्ने गर्छ । र, त्यस्ता चिज कम उपयोग गर्नेतिर ध्यान दिनुपर्छ ।

तपाइँ त विदेश पनि गइरहनुहुन्छ । नेपालमा सेक्सका कुरा गर्न पनि लाज मान्ने अहिलेका युवायुवतीहरु त्यहाँ पूरा
छिल्लिएर बसिरहेको देख्नुहुन्छ होला, यसको खास कारण के हुनसक्छ ?

एक त बढी स्वतन्त्रता भएर पनि हो तर तपाइँ विश्वास गर्नुस्- अहिलेका युवाहरुमा धेरै कुराको जानकारी छ, धेरै ट्यालेन्ट छन् ।

अहिलेका युवाहरुबीच हुने गरेको “प्रिम्याच्योर सेक्स”का बारेमा तपाइँको धारणा के छ ?
हेर्नुस्, प्रेमका मामिलामा म उदार छु । प्रेम गर्नुपर्छ तर सेक्सको मामिलामा अलि अनुदार छु । सेक्स भनेको कुरा जहाँपायो त्यहीँ हुनुहुँदैन । अहिलेका युवाहरुबीच हुने प्रिम्याच्योर सेक्स नराम्रो हो, मेरो निजी धारणामा । पि्रम्याच्योर सेक्सको सबैभन्दा खराब कुरा भनेको उमेर नपुग्दै हुने गर्भाधान र त्यसबाट निस्कने खराब परिणाम हुन् । तर, अहिले त मन मिलेपछि सेक्स हुन्छ र सेक्स भए पनि गर्भाधान रोक्नसकिने अनेक उपायहरु छन् ।

भनेपछि अहिलेको समय केटा र केटीको मन मिल्यो भने जे पनि हुनसक्ने रहेछ नि ?
त्यो त हो । समय नै यस्तो छ । केटा र केटीको मन मिल्यो भने त्यसमा हामीले टेन्सन लिनुहुँदैन भन्ने लाग्छ ।

अहिलेको पुस्ता त यस्तो छ, हामीपछिको पुस्ता झन् कस्तो होला ?
हेर्नुस्, हामीपछिको पुस्ता झन् समझदार हुन्छ । उसलाई आफ्नो राम्रो नराम्रो सबै थाहा हुन्छ । अब नराम्रो हो भन्ने थाहा हुँदाहुँदै त्यसमा लाग्नेलाई त के भन्ने र ? तर, मेरो कुरा गर्नुहुन्छ भने म त यस्तो उदाहरणीय आमा बन्न चाहन्छु कि आफ्ना छोराछोरीहरु डेटमा जाऊन् भनेर तिनलाई उत्साहित गर्छु । तर, म सेक्सका लागि उनीहरुलाई उत्प्रेरतिचाहिँ गर्दिनँ । आत्मिक प्रेम गर्नका लागि चाहिँ मेरातर्फबाट कुनै रोकटोक हुनेछैन ।

तपाइँको ड्रिम डेट को हो ?
बेलायती राजकुमार विलियम । यदि मेरो बिहे भयो र उनीसित डेट गर्ने अवसर पाएँ भने पनि श्रीमान्लाई फकाएर भए पनि उनीसित डेटमा जाने थिएँ ।

तपाइँको सबैभन्दा रोमान्टिक कल्पना ?
सिमसिम पानी परोस्, मेरो प्रेमी वा श्रीमान्सँग हातमा हात राखेर सात कदम सँगै हिँडूँ । चारैतिर हरियाली होस्…. आहा ! यस्तो त सम्झँदै रमाइलो लाग्छ ।

तपाइँ यति सफल मान्छे, प्रस्ताव त आउँछन् होला नि ? बिहेका, प्रेमका…
आउँछन् तर अब म प्रेमतिर समय दिन्नँ । यदि मेरो बिहे भयो भने म मेरो श्रीमान्सितै प्रेमी र श्रीमान्को मजा लिन्छु । अहिलेको महत्वपूर्ण समय डेटिङमा गएर बिताउन चाहन्नँ, मसँग धेरै कम समय छ ।

केटीहरुले केटा मान्छेमा के हेर्दाहुन् ?
हेर्नुस्, केटीहरु स्वाभावले नै लजालु भए पनि इम्याजिनेटिभ हुन्छन्- कल्पनामा रमाउने । श्रृङ्गार भन्ने थाहा नहुँदा पनि लिपिस्टिक दल्ने हुन्छन् । बच्चैबाट सौन्दर्यप्रति हुरुक्क हुने जात हो महिलाको । त्यसैले ह्याण्डसम केटा देख्दा उनीहरुको मन चञ्चल हुनु स्वाभाविक हो । मलाई पनि त्यस्तो हुन्छ । तर, मलाई ह्याण्डसम भन्दा पनि तर्कशील र शिक्षित व्यक्तिले तुरुन्त ध्यान तान्छ । अहिलेको समयमा मान्छेको सबैभन्दा ठूलो सम्पत्ति नै शिक्षा हो ।

गठिलो जिउ र अनुहार प्राथमिकतामा पर्दैन ?
हेर्नुस्, झट्ट हेर्दा राम्रो लाग्नु एउटा कुरा हो तर सँगै समय बिताउनु र लामो समय बिताउनु त नितान्त फरक कुरा हो । त्यसैले आकर्षक मान्छे बोरङि पनि हुनसक्छ र शिक्षित-तर्कशील मान्छेले तपाइँ लामो समय बिताउँदा पनि कम समय भएजस्तो फिल गराउनसक्छ ।

हिरोइनहरुको वैवाहिक जीवन उति सुखद देखिँदैन नि ?
मलाई अरुको कुरा थाहा छैन तर मेरो कुरा गर्नुहुन्छ भने परविार मेरो लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । परविारमा सुख, शान्ति कायम गर्न मेरो तर्फबाट हदैसम्मको लचिलो भूमिका हुन्छ । अब सक्दै सकिएन भने चाहिँ हामी अलग हुन्छौँ तर मेरो जीवनमा बिहे एकचोटी हुन्छ र त्यो अन्तिमचोटीको बिहे हुन्छ । मेरो श्रीमान्सँग जीवन चलेन भने पनि म डिभोर्सचाहिँ दिन्नँ । यो मेरो जीवन सिद्धान्त हो ।

रिलिजकोलागि तयार भै बसेका ऋचा घिमिरेको नयाँ फिल्म: छोडीगए पाप लाग्ला

श्रोत: नेपाली पत्र डट कम

किन नाच्छन् माओवादी ?

mao_863566360

काठमाडौं
१८ साउन ०६६ । स्थान: माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वर । कार्यक्रम थियो, केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन । क्यामेरा ‘अन’ थिए, कलम र नोटबुक झिकेर पत्रकारहरू प्रश्नको सूची बनाउँदै थिए । नेताहरूले कतिखेर आसनग्रहण गर्लान् र सम्मेलन सुरु होला भनेर पर्खेका पत्रकार त्यतिखेर जिल्ल परे, जब माओवादी नेतृत्व मञ्चमै नाच्न थाल्यो ।

तर, यो यस्तो पहिलो नृत्य भने थिएन । केन्द्रीय समितिको हरेकजसो पूर्ण बैठकपछि माओवादी नेताको सामूहिक नृत्य देख्न पाइन्छ । प्रश्न उठ्ने नै भयो, विचारमा रुढ मानिएका, दस वर्ष लामो सशस्त्र युद्ध गरेका र सामान्यतः निरस भाषा र प्रस्तुति भएका माओवादी नेतालाई नाच्न भने यति धेरै मन लाग्ने कारण के होला ?

माओवादी अध्यक्ष प्रचण्ड हरेकजसो महत्त्वपूर्ण केन्द्रीय समितिको बैठकमा नाच्नु पार्टीको परम्पराजस्तै भएको बताउँछन् । ‘वैचारिक, कार्यनीतिक, राजनीतिक र सांगठनिक रूपमा पार्टी एकता नयाँ उच्ााइमा पुगेको वेला माहोल नै त्यस्तै हुन्छ,’ प्रचण्ड भन्छन्, ‘खास-खास अवस्थामा बैठकपछि भएका त्यस्ता कार्यक्रमले पार्टीको जीवन्तता देखाउँछ ।’

माओवादी नेतृत्व तहमा रहेर सांस्कृतिक र सांगीतिक कमान्ड सम्हाल्ने नेताहरू त भइहाले नै अन्य नेताहरू पनि नाचगान भनेपछि हुरुक्कै हुन्छन् । महत्त्वपूर्ण बैठकहरूपछि पार्टी अध्यक्ष प्रचण्डसहित मोहन वैद्य किरण, रामबहादुर थापा बादल, सिपी गजुरेल ‘गौरव’, पोष्टबहादुर बोगटी, स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, नेत्रविक्रम चन्द विप्लव, कृष्णबहादुर महरा र नन्दकिशोर पुन ‘पासाङ’ संगीतको तालमा नाच्न हौसिने नेताहरूमा पर्छन् । ‘त्यो माहोलले हामीलाई मात्र होइन हाम्रा समर्थकलाई पनि ऊर्जाशील बनाउन सघाउँछ,’ नेता जनार्दन शर्मा प्रभाकर भन्छन्, ‘को-को नाच्न हौसिन्छन् भन्नु भन्दा पनि हामी किन नाच्छौँ भन्ने कुराको अर्थ रहन्छ ।’

माओवादी नेताहरू हरेक बैठकमा कुनै न कुनै ‘इस्यु’मा आइपर्ने तीव्र बहस र मतविभाजनको तिक्ततालाई यस्तो माहोलले बिट मार्ने दाबीसमेत गर्छन् । ‘हामी तिखो र इमोसनल गीत गाउँछौँ,’ कलाकार झंकार भन्छन्, ‘हाम्रा गीतले उद्वेलित पार्छ, भावना जगाउँछ, त्यसैले पनि नेताहरू नाच्न अग्रसर हुन्छन् । बैठकका अन्त्यमा भने यसले कतिपय तीता कुराको बिट मार्ने काम गर्छ ।’

पार्टीको रणनीतिक कार्यदिशा तय र पदीय प्रणाली विषयकेन्दि्रत पेरिसडाँडा बैठकपछि मात्र होइन, माओवादी नेताहरू स्टेजमै यसरी पटक-पटक नाचेका छन् । गत जेठमा मात्रै पुराना कलाकार जेबी टुहुरेसहित कलाकारको एक समूह एमालेबाट माओवादी प्रवेश गर्ने कार्यक्रममा पनि माओवादी उच्च तप्काका नेता प्रज्ञाभवनमा नाचेको देखियो । त्यो कार्यक्रममा अध्यक्ष प्रचण्डको छेउमा रहेर वरिष्ठ नेता किरणले कम्मर मर्काउन भ्याए । नृत्य-कौशलका हिसाबले किरणभन्दा प्रचण्ड लयमा नाच्छन् ।

माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई नाच क्रान्तिकारी आशावादको अभिव्यक्ति भएको बताउँछन् । ‘नाच एकताको अभिव्यक्ति पनि हो । म यसलाई अरू ढंगले व्यक्त गर्छु अरू साथीले नाचेर गर्छन्,’ नेता भट्टराईले भने । उनी स्कुल पढ्दा नाच्न अस्वीकार गरेकाले एकपटक शिक्षकले पिटेकोसमेत स्मरण गर्छन् ।

माओवादी नेतृत्व सामूहिक रूपमा नाचेको अर्को बैठक खरिपाटी बैठक पनि हो । ०६५ पुसमा सम्पन्न खरिपाटी भेलापछि सामना परिवारको ‘जाऊँ साथी सँगै जाऊँ, विद्रोहमा जाऔँ’ बोलको गीतमा नेताहरू नाचेका थिए । यो भेलामा किरण र प्रचण्डका अलग-अलग प्रतिवेदन दर्ता भएका थिए । बहस पनि चर्कै देखियो भेलामा । अन्त्यमा भेलाले दुवै प्रतिवेदनलाई मिलाएर नयाँ प्रतिवेदन बनाएको थियो । आफ्नो राजनीतिक यात्रामा एकपटक मात्र नाचेको बताउने माओवादी नेता लोकेन्द्र विष्टले भने, ‘म त्यही खरिपाटी भेलामा नाचेँ । अघिपछि नाच्न भनेपछि लाज लाग्थ्यो तर त्यहाँ रहर लागेर आयो ।’

पेरिसडाँडा, प्रज्ञाभवन र खरिपाटीमा जस्तै ०६४ भदौमा बालाजुमा सम्पन्न पाँचौँ विस्तारिक बैठकपछि आफूहरूले धक फुकाएर नाचेको स्मरण गर्छन् माओवादी नेताहरू । यो बैठकमा जीवनशैली र आचरण बिगि्रँदै गयो भनेर पार्टीनेतृत्वको खुब आलोचना भएको थियो । आलोचनालाई मध्यनजर राख्दै माओवादी नेतृत्वले ‘क्रान्तिको स्पिरिटबाट दायाँबायाँ नगर्ने वाचा गरेका थिए यो बैठकमा । ‘यस्तै वाचासहित नाचिएको थियो त्यहाँ,’ कलाकार माइला लामा स्मरण गर्छन्, ‘मलाई लाग्छ अरू कार्यक्रमले जस्तै त्यसले पनि हामीलाई एक भएको, बलियो भएको देखायो ।’

नाच्न भनेपछि हुरुक्कै हुने नेतामा पर्छन् पासाङ । ०४७ देखि ०५२ सम्म दाङमा क्याम्पस पढ्दा सांस्कृतिक फाँटमै बसेर काम गरेका पासाङ आफू अधिकांश कार्यक्रम र बैठकमा नाचेको स्मरण सुनाउँछन् । भन्छन्, ‘माहोल नै त्यस्तै हुन्छ, ननाची मनै मान्दैन ।’

शान्तिप्रक्रियामा आएलगत्तै माओवादीले ०६३ माघमा चितवनमा राष्ट्रिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । देशभरका प्रतिनिधि थिए त्यहाँ । ‘त्यो कार्यक्रमको समापनमा पनि सबै नाचेका थिए, त्यो दृश्य बिर्सनै सकिन्न,’ संगीतकर्मी खुसीराम पाखि्रन भन्छन्, ‘माघको जाडोमा पनि तात्यो चितवन ।’

माओवादी अध्यक्ष प्रचण्ड हरेकजसो यस्ता बैठक र कार्यक्रममा नछुटाई नाच्छन् । तर, उनी ननाचेको वा नाच्न नसकेको बैठक थियो ०६२ असोज/कात्तिकमा सम्पन्न चुनवाङ बैठक । युद्धका सहिद र घाइतेसम्बन्धी अपेरा देखाइएको सो बैठकको एउटा भागमा माओवादी नेता धुरुधुरु रोएका थिए । तर, एकछिनपछि वातावरण अलिक पृथक भयो । नेता खुल्दै गए । मञ्चमा पनि क्रान्तिकारी भावका गीत बजाइए । कतिपय नेताहरू नाच्न सुरु गरे । तर, प्रचण्ड भने त्यहाँ नाचेनन् ।

त्यस्तै, ०६१ सालको फुन्टिवाङ बैठकको समापनमा पनि माओवादी नेताहरूले नाचगान गरेका थिए । ‘त्यो बैठकमा सबैभन्दा बढी पासाङ कामरेड नाच्नु भो, उहाँको नृत्यलाई सबैले सह्राएका थिए,’ पोलिटब्युरो सदस्य राम कार्कीले स्मरण सुनाए ।

युद्धकालमा माओवादी केन्द्रीयस्तरका बैठक भारतमा समेत बसे । तर, नेपालमा जस्तो भारतमा बसेका बैठकमा नाचगान नभएको माओवादी नेताहरूको अनुभव छ । ‘भारतमा बसेका बैठक निकै गोप्य हुन्थे, त्यहाँ नाचगान गर्ने वातावरण नै थिएन,’ पोलिटब्युरो सदस्य कार्कीले थपे, ‘नेपालमा बसेका बैठकमा नेपालीपन हुन्थ्यो, राग आउँथ्यो ।’

संगीतकर्मी पाखि्रन पनि भूमिगतकालमा पिटी खेल्ने जनसेनाका कमान्डर नाचगानमा पनि अगाडि आउने गरेको स्मरण सुनाउँछन् । भूमिगतकालदेखि नै नेता प्रभाकर र बलदेवलाई माओवादीभित्र नाच्न सिपालु नेताका रूपमा चिनिँदै आइएको छ ।

माओवादी नेताहरू युद्धभित्र पनि मनोरञ्जन हुने अनुभव सुनाउँछन् र नाचगानलाई क्रान्तिभित्रको स्वाभाविक प्रक्रियाका रूपमा लिन्छन् । माओवादी नेतृत्वको सरकारमा शान्तिमन्त्री बनेको नेता प्रभाकरको ठम्याइ छ, ‘राजनीति भनेको निरस जीवन होइन, त्यसमा आवेग, विवेक, मनोरञ्जन, आक्रोश, पीडा, खुसी, कष्ट, हर्ष सबै हुन्छ क्रान्तिको राजनीतिमा ।’

श्रोत: नयाँ पत्रिका
नेत्र पन्थी

दूध र कपबाट मोनालिसाको चित्र

अष्ट्रेलिया: मानिसहरुमा ईच्छा र जांगर भयो भने गर्न नस्कने केही हुन्दैन् भने कहावत, हालै अष्ट्रेलियाको सिड्नीमा भएको the rocks Aroma Festival Sydney मा मोनालिसाको २० फीट लम्बाई र १३ फिट चौडाई क्षेत्रफलको दूध र कपको मिश्रणबाट तिन हजार छ सय चार वटा कप र कफी तथा पाँच सय ६४ पिन्ट दूध प्रयोग गरी त्यसैको मिश्रणबाट लियोनार्दो दा भिन्सीकी प्रिय पात्र मोनालिसाको नयाँ स्वरुपको चित्र बनाईएको थियो।
तल हेर्नुस त कसरी बनाईको रहेछ मोनालिसाको चित्र……
monalisa
Mocha Lisa: The Mona Lisa was made with 3,604 cups of coffee with 564 pints of milk added for colouring

This stunning recreation of the Mona Lisa has been made with a staggering 3,604 cups of coffee - and 564 pints of milk.
The different colours were created by adding varying amounts of milk to each cup of black coffee.
It measures an impressive 20ft by13ft – nearly ten times the size of Leonardo da Vinci’s original masterpiece - and took a team of eight people three hours to complete.

article-1204448-05f28257000005dc-466_634x7971
Mocha Lisa: The Mona Lisa was made with 3,604 cups of coffee with 564 pints of milk added for colouring

It was created for The Rocks Aroma Festival in Sydney, Australia, and was seen by 130,000 people who attended the one-day coffee-lovers’ event.
Elaine Kelly, from organisers the Sydney Harbour Foreshore Authority, was delighted with the result.
She said: ‘Each coffee cup was filled with varying amounts of milk to create the different sepia shades of the painting.
‘We wanted to create an element of surprise and a sense of fun in the way we engaged with the public.

orginal_ monalisa
Original: The real Mona Lisa at the Louvre in Paris

Once we had the idea of creating an image out of coffee cups we searched for something iconic to reproduce - and opted for the most iconic painting in history.
Original: The real Mona Lisa at the Louvre in Paris

‘The Mona Lisa has been reproduced so many times in so many different mediums but, as far as we know, never out of coffee.
‘The result was fantastic.
‘After much planning it was great to see if coming together so well and the 130,000 people who attended the event certainly enjoyed it.’
Mona Lisa, also known as La Gioconda, is a 16th century portrait painted in oil on a poplar panel by da Vinci during the Italian Renaissance.
The work is owned by the French government and hangs in the Louvre museum in Paris.
Titled Portrait of Lisa Gherardini, wife of Francesco del Giocondo, it is actually quite small, measuring 2ft 6in by 1ft 9in.
The painting is generally acknowledged to be the most famous work of art in the world and debate has raged for years over the reason for her famously enigmatic smile.
Extensive scrutiny using X-ray apparatus suggests that restoration work has resulted in the original being painted over three times.
Three dimensional, infrared imaging techniques have also been used to analyse the painting and suggest the model wears a veil customarily worn by new mothers.
It is therefore thought that her apparent smile may be due to the joy of motherhood.

Watch the video below showing how the coffee became art

–Dailymail